Wednesday, December 28, 2011

पर्यटक प्रवेश शुल्कमा वृद्धि

काठमाडौं, १२ पुस
हनुमानढोका दरबार तथा पाटन दरबार क्षेत्र प्रवेश गर्ने विदेशी पर्यटकले अब बढी शुल्क तिर्नुपर्ने भएको छ । हनुमानढोका दरबार क्षेत्रमा आइतबार र पाटनमा वैशाख १ गतेदेखि प्रवेश शुल्क वृद्धि हुन लागेको हो ।
काठमाडौं दरबार क्षेत्र प्रवेश गर्ने पर्यटकले नगरपालिका र संग्रहालयलाई बुझाउनुपर्ने छुट्टाछुट्टै शुल्कलाई एकै ठाउ“बाट मात्र लिइने गरी केन्द्रिकृत गर्दै शुल्कसमेत वृद्धि गरिएको हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यालयले जनाएको छ । नया व्यवस्थापछि सार्क मुलुकका पर्यटकले २ सय ५० र अन्य मुलुककाले ७ सय ५० रुपैया प्रवेश शुल्क तिर्नुपर्ने छ । हाल नगरपालिकाअन्तर्गतको दरबार क्षेत्र कार्यक्रमले सार्कका पर्यटकबाट १ सय र अन्यबाट ५ सय रुपैया लिदै आएको छ । संग्रहालयले भने सार्कका पर्यटकबाट १ सय र अन्यबाट २ सय ५० रुपैया लिदै आएको छ ।
बढेको शुल्कमध्ये सार्क मुलुकका पर्यटकबाट ५० र अन्यबाट २ सय ५० रुपैया संग्रहालयले र बाकी महानगरपालिकाले खर्च गर्ने सहमति भएको छ । पर्यटकलाई दुई ठाउमा शुल्क बुझाउदा झन्झटिलो र समय बढी लागेकाले एकैठाउबाट उठाउने व्यवस्था मिलाइएको संरक्षण कार्यालयले जनाएको छ । पर्यटकलाई दिने सेवा–सुविधा बढेकाले शुल्क वृद्धि गरिएको हनुमानढोका दरबार क्षेत्र संरक्षणका कार्यक्रम प्रमुख हरिकुमार श्रेष्ठले बताए । शुल्क वृद्धिपश्चात् पयर्टकले पाउने सुविधामा पनि थप हुने उनको भनाइ छ । सो शुल्कबापत हरेक पर्यटकलाई वसन्तपुर दरबारको सांस्कृतिक कार्यक्रमसहितको सिडी, दरबार क्षेत्रको चिनारी भएको ब्रुसर, दरबार क्षेत्रमा निःशुल्क इन्टरनेट सुविधा, दरबार क्षेत्रका सबै मठ–मन्दिर हेर्न पाउने व्यवस्था हुनेछ । साथै, बिहान ७ बजेदेखि आधा घन्टा मात्र खुल्ने यस क्षेत्रका मन्दिरको समयलाई बढाएर ११ बजेसम्म पु¥याएर पर्यटकलाई पूजा विधिसमेत देखाइने भएको छ । पर्यटकलाई नेपाली संस्कृतिबारे जानकारी दिन साताको एकपटक विभिन्न प्रकारको सांस्कृतिक प्रदर्शनीको तयारी भइरहेको उनले बताए । पर्यटकबाट लिइने शुल्कअनुसारको सेवा–सुविधा उपलब्ध गराउन गृहकार्य भइरहेको कार्यालयको भनाइ छ ।
आगामी वैशाख १ गतेदेखि लागू हुने गरी पाटन दरबार क्षेत्र प्रवेश गर्ने पर्यटकको शुल्क पनि वृद्धि गर्ने निर्णय भएको ललितपुर उपमहागरपालिका कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सार्क मुलुकका पर्यटकबाट लिइदै आएको २५ रुपैया बढेर १ सय र अन्य मुलुकका पर्यटकबाट लिइने २ सय बढेर ५ सय पुग्ने भएको छ ।
दरबार क्षेत्रमा प्रवेश गर्ने पर्यटकको संख्यासगै आम्दानी बढेको छ । आर्थिक वर्ष ०६७÷६८ मा हनुमानढोका दरबार क्षेत्रमा १ लाख ७२ हजार ९ सय ९९ पर्यटक प्रवेश गरेका थिए । सो समयमा सार्क मुलुकका २५ हजार ५ सय २ तथा सार्कबाहेकका १ लाख ६० हजार ४ सय ९७ पर्यटक आएका थिए । यसबापत काठमाडौं महानगरपालिकाले ४ करोड ९३ लाख ९९ हजार ३ सय रुपैया आम्दानी गरेको छ । चालू आवको साउनदेखि मंसिर मसान्तसम्म ९९ हजार ६ सय ७९ पर्यटकबाट २ करोड ८६ लाख ५० हजार आम्दानी गरेको जानकारी हनुमान ढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम कार्यालयले दिएको छ ।
यसैगरी, आव ०६७\६८ पाटनमा १ लाख १६ हजार ४ सय ८० जना पर्यटकमार्फत १ करोड ९० लाख २५ हजार ५ सय ९७ संकलन भएको ललितपुर नगरपालिकाअन्तर्गतको राजस्व प्रशासन महाशाखाले जानकारी दिएको छ । गत आव ०६६\६७ मा १ लाख १३ हजार ५ सय ९५ पर्यटबाट १ करोड ८४ लाख ४० हजार २ सय ५० रुपैया संकलन भएको थियो ।

No comments:

Post a Comment