Sunday, December 25, 2011

विमानस्थलमा अब ‘अनलाइन एक्सरे मेसिन’

काठमाडौं, ७ पुस 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु तथा सामान चेकिङका लागि अनलाइन एक्सरे मेसिन सञ्चालनमा आउनेभएको छ । राष्ट्रिय नागरिक उड्डयन सुरक्षा समितिको बैठकले विमानस्थल सुरक्षा बलियो बनाउने निर्णय गरेपछि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आधुनिक एक्सरे मेसिन ल्याउने तयारी गरेको हो ।
समितिको बुधबार बसेको ३२ औ बैठकले हवाई सुरक्षाका लागि सबै रणनीति अवलम्बन गर्ने निर्णय गरेको थियो । विश्वका धेरै मुलुकका विमानस्थलमा अनलाइन एक्सरे मेसिन सञ्चालनमा आइसकेको भन्दै बैठकमा नागरिक उड्डयन प्राधिकरणले नेपालमा पनि सोही प्रकारको मेसिन ल्याउन प्रस्ताव गरेको थियो । प्राधिकरणको प्रस्तावअनुसार बैठकले विमानस्थललाई अत्याधुनिक बनाउन कम्प्युटर प्रणालीमा आधारित एक्सरे मेसिन सञ्चालनप्रक्रिया अगाडि बढाउन मन्त्रालयलाई निर्देशन दिएको छ ।
विमानस्थलमा सामान तथा यात्रु जाच गर्न राखिएका एक्सरे मेसिन पुराना भइसकेका छन् । जाच प्रविधि पुरानो भएकै कारण  नक्कली नोट कारोबारी गिरोहले त्रिभुवन विमानस्थल प्रयोग गर्दै आएको बताइएको छ ।
विमानस्थलमा यात्रु चाप बढिरहेकाले सेवालाई छिटो–छरितो बनाउन आधुनिक प्रणाली अपनाउनुपर्नेमा प्राधिकरणका अधिकारीले जोड दिएका थिए । बैठकमा सुरक्षा र सेवा चुस्त बनाउन सबै रणनीतिलाई प्याकेजका रूपमा अगाडि बढाउने विषयमा छलफल भएको थियो ।
नेपाल प्रहरीअन्तर्गत हवाई सुरक्षा विभाग स्थापना गर्ने प्रक्रिया दुई वर्षदेखि अलपत्र छ । विमानस्थल सुरक्षामा खटिने प्रहरी पटक–पटक सरुवा भइरहने हुदा विमानस्थल सुरक्षा जोखिम कम गर्न प्रहरीअन्तर्गत छुट्टै विभाग स्थापना गर्न प्राधिकरणले प्रस्ताव गरेको थियो । विमानस्थल सुरक्षाका लागि प्रहरीअन्तर्गत हाल एउटा सशस्त्र युनिट छ, जसमा कार्यरत प्रहरीलाई न्यूनतम दुई वर्Èसम्म सरुवा नगर्ने व्यवस्था छ ।
अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) का अनुसार त्रिभुवन विमानस्थलमा दोस्रो तहको सुरक्षा खतरा छ । सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकी ट्विनटावरमाथि गरिएको आक्रमणपछि आइकाओले सुरक्षासम्बन्धी विभिन्न नियम ल्याएको थियो । आइकाओ सदस्य राष्ट्रका रूपमा नेपालले पनि नियम पालना गर्नुपर्छ ।
विमानस्थल सुरक्षाका लागि हाल नेपाल प्रहरीका चार, सेनाका चार, सशस्त्र प्रहरीको एक र राष्ट्रिय अनुसन्धान विभागको एउटा टोली तैनाथ छन् । विमानस्थल सुरक्षा डिआइजीको कमान्डमा रहने गरेको छ ।
प्राधिकरण महानिर्देशक रामप्रसाद न्यौपानेका अनुसार विमानस्थलको सुरक्षा सबल बनाउन विद्यमान सुरक्षा संयन्त्र तथा निकायलाई थप चनाखो पार्ने निर्णय भएको छ । विमानस्थलमा गर्नुपर्ने सुरक्षा सुधारबारे अध्ययन गर्न बैठकले पर्यटन मन्त्रालयका सचिव गणेशराज जोशीको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा गृह, रक्षा मन्त्रालय, प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रतिनिधि सदस्य छन् । समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउनेछ ।
विमानस्थल प्रवेशको व्यवस्थासमेत परिवर्तनको निर्णय बैठकले गरेको छ । नया नियमअनुसार अब विमानस्थल प्रवेश पासका लागि महाप्रबन्धकसमक्ष निवेदन दिनुपर्नेछ । त्यसलाई नेपाल प्रहरी मुख्यालयले सिफारिस गरेपछि मात्रै पास उपलब्ध हुनेछ । यसअघि विमानस्थलको टिडिओ अफिसले पास उपलब्ध गराउदै आएको थियो । विमानस्थल व्यवस्थापनले वितरण गर्ने प्रवेश पासले सुरक्षामा खतरा उत्पन्न हुने गरेको सुरक्षा निकायको भनाइ छ । एक स्थानको पास लिएको व्यक्ति विमानस्थलको जुनसुकै स्थानमा पुग्ने अवस्था अहिले पनि छ । पास वितरण  पारदर्शी र निष्पक्षा नरहेको सुरक्षा निकायको दाबी छ ।
समिति बैठकमा सुरक्षा समितिका अध्यक्ष पर्यटनमन्त्री लोकेन्द्र विष्ट मगरले विमानस्थल सुरक्षामा कुनै कसर बाकी नराख्न सबै सरक्षा निकायका प्रमुखलाई निर्देशन दिए । विमानस्थल सुरक्षा विश्वभरकै सुरक्षाको विषय भएकाले त्यसलाई ध्यान दिएर काम गर्न उनले सुरक्षा निकायलाई आग्रह गरे ।
बैठकमा पर्यटन मन्त्रालयका विभिन्न विभागीय प्रमुख, गृहसचिव, रक्षासचिव तथा सुरक्षा निकायका प्रमुख उपस्थित थिए । समितिको अध्यक्ष पर्यटनमन्त्री हुने व्यवस्था छ ।
यसअघि साउन अन्तिम साता बसेको समितिको बैठकले विमानस्थलको अवस्था सुधार्न पाच सम्माननीयबाहेक सबैलाई शरीर जा“चपछि मात्र छिर्न दिने निणय गरेको थियो । पाच सम्माननीयमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीश पर्छन् । तर, अहिले पनि मन्त्री, राज्यमन्त्री, सहायकमन्त्री, सचिव, सभासद् तथा महŒवपूण नियोगका प्रमुख विमानस्थलमा भिआइपी कक्ष हुदै शरीर जाचै नगरी प्रवेश गर्ने गरेका छन् । विमानस्थलभित्र उच्च ओहोदाका मानिसलाई खुला आवतजावत गर्न दिदा त्यसको दुरुपयोग भएको विमानस्थल व्यवस्थापनले गुनासो गर्दै आएको छ ।

No comments:

Post a Comment