Tuesday, January 3, 2012

दुर्गम क्षेत्रमा हवाइ सेवा विस्तार हाम्रो प्राथमिकता

लोकेन्द्र विष्ट मगर
मन्त्री, पर्यटन तथा नागरिक उड्डयन


नागरिक उड्डयन प्राधिकरणको कामलाइ कसरी मुल्याङकन गरिरहनु भएको छ ?

नेपाल नागरिक उड्डयन प्राधिकरण विगत १३ बर्ष देखि नेपालमा हवाई सेवाको समायोचित विकासका लागि कृयाशिल रहि आएको छ । प्राधिकरणले भौतिक पूर्वाधार विकासमा प्राथमिकता दिई आन्तरिक विमानस्थलहरुको स्तरोन्नती गर्ने कामलाई निरन्तरता प्रदान गर्ने छ भन्ने मैले विश्वास लिएको छु । विमानस्थल निर्माण मात्रै भएर हु“दैन त्यहा“ नियमित रुपमा हवाई सेवा समेत संचालन हुनु आवश्यक छ । त्यसैले वायुसेवा कम्पनीहरुले पनि सिमित नाफा हुने स्थानमा मात्र आफ्नो सेवा केन्द्रित नगरी मुलुकभर हवाई सेवाको विस्तारमा ध्यान दिनुपर्ने मेरो आग्रह छ । 
 
मुख्य समस्या र चुनौतिहरु के के छन् ?

नागरिक उड्डयनलाइ मैले यसको प्राबिधिक पक्ष, त्यस भित्रको जटिलता, जेट तथा वायुयान उडान अवतरणको आकर्षण भन्दा पनि हाम्रो देशको दुर्गम क्षेत्रमा बसोबास गर्ने जनताको यातायातको एक आधारभूत साधनको रूपमा बढी बुझेको छु । । यहाका धेरै दुर्गम जिल्लाहरु अभैmपनि सडक यातायातको पहुचबाट टाढा छन् । देशका दूर्गम भूभागमा बसोबास गर्ने जनताका लागि दैनिक उपभोगका वस्तुहरु, खाद्यात्र, लत्ताकपडा, विद्यार्थीहरुका पाठ्यसामाग्री, विकास निर्माणका सरसामान आदि सबै जहाजबाटै झिकाउनु पर्ने बाध्यता छ । विरामी पर्दा औषधी उपचारका लागि अस्पताल भएका सुगम स्थानमा जानपनि जहाज नै चढ्नु पर्ने हुन्छ । त्यसैले हवाई जहाज पुगीसरी आउने व्यक्तिले उपभोग गर्ने मात्र नभएर देशका विकट भू–भागका आम जनताले पनि यात्रा गर्नुपर्ने यातायातको साधनको रूपमा रहेको छ । यस तथ्यलाई मनन गरी हामीले हवाई सेवाको विकासका नीति तर्जुमा गर्नु पर्ने हुन्छ । दुर्गम क्षेत्रका विमानस्थलहरुलाइ चुस्त दुरुस्त रुपमा सञ्चालन गरि जनतालाइ सहज सेवा दिन प्राधिकरण अग्रसर हुनु पर्छ । यो नै प्राधिकरणका लागी सबै भन्दा ठूलो चुनौति पनि हो ।
अन्तराष्ट्रिय पर्यटकको मुख्य प्रवेशद्धार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विकास तथा विस्तार गरी अन्तर्राष्ट्रिय वायुसेवाहरुलाई आकर्षित गर्ने, दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बुट प्रकृया अन्तर्गत निर्माण अगाडि बढाउने, गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धी कार्यलाई अगाडि बढाउने र पोखरामा नयां क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सहयोग जुटाउने तर्पm पहल भैरहेको छ । प्राधिकरणको पनि यसमा महत्वपूर्ण भूमिका रहन्छ । 

के कस्तो सुधारको खाचो छ ?

देशभरी छरिएर रहेका महत्वपूर्ण पर्यटकीय स्थानहरुमा पर्यटकहरुको पहुच बढाउन सकेको खण्डमा मात्र मुलुकमा पर्यटनको समानुपातिक विकास हुन सक्दछ । यसका लागि प्रमुख पर्यटन पूर्वाधारका रुपमा हामीले आन्तरिक हवाई यातायातको बलियो सञ्जाल तयार गर्नुपर्ने मैले ठानेको छु । प्राधिकरणले भौतिक पूर्वाधार विकासमा प्राथमिकता दिई आन्तरिक विमानस्थलहरुको स्तरोन्नती गर्ने कामलाई निरन्तरता दिनुपर्छ । साथै प्राधिकरणमा व्यवस्थापकीय र संरचनागत सुधारको पनि खा“चो छ ।

हवाइ क्षेत्रको विकासका लागी कस्तो निति आवश्यक छ ?

नेपालमा आन्तरिक हवाई सेवा संचालनको क्षेत्रमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको छ । यसलाइ ग्रामिण क्षेत्रमा विस्तार गर्नु जरुरी छ । नेपाल वायुसेवा निगमसग आवश्यक मात्रामा विमानहरु छैनन् । यस तथ्यलाई नागरिक उड्डयनको क्षेत्रमा कार्यरत हामी सबैले गम्भिरतापूर्वक लिई विद्यमान अवस्थामा रहेका कमि कमजोरीलाई सुधार गरी एउटा उपयुक्त नीति अवलम्बन गर्नु आवश्यक देखिन्छ ।

प्राधिकरणको भविष्य कस्तो देख्नुहुन्छ ?

नेपाल पर्यटनका दृष्टिले प्रचुर सम्भावना भएको मुलुक हो । पर्यटनको यथोचित विकास गर्न सकेको खण्डमा राष्ट्र«को दीगो विकासमा ठूलो सघाउ पुग्न सक्दछ भन्ने कुरा हामी सबैले बुझेकै छौं । पर्यटन बर्ष समापनको संघारमा छ । हामीले नेपालमा साँचो अर्थमा पर्यटन उद्योगको विकास चाहने हो भने हरेक बर्षलाई पर्यटन बर्षकै रुपमा लिई पर्यटन प्रवद्र्धनका कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्दछ । पर्यटन विकासमा नागरिक उड्डयन प्राधिकरणको पनि महत्वपूर्ण भूमिका रहन्छ । मुलुकमा हवाइ सेवको विकास गरि ठुलो संख्यामा पर्यटक नेपाल भित्र्याउन सकिन्छ ।
कुनै पनि संस्थाको लागि वास्तविक पूजि भनेको त्यहा कार्यरत जनशक्ति नै हो । प्राधिकरणको विशिष्ठ कार्य प्रकृति अनुसार विभित्र थरीका पेशागत जनशक्तिहरुको कार्यस्थल रहेको संस्था हो । यसकोे उत्रति र विकास यहा कार्यरत कर्मचारीहरुको कार्यक्षमता, कार्यदक्षता र इमान्दारितामा निर्भर गर्दछ । सरकारको एक स्वायत्त निकायको रुपमा प्राधिकरणले मुलुकको हवाइ क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।

No comments:

Post a Comment