Wednesday, January 11, 2012

अन्तर्राष्ट्रिय उडानमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, २६ पुस


नेपाल वायु सेवा निगमले जहाज खरिद गर्न नसक्ने अवस्थामा निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको बैठकमा उनीहरूले जहाज खरिदमा जोड दिएका हुन् ।
बैठकमा निगमले जहाज ल्याउन नसक्ने अवस्था भए निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने कुरामा छलफल भएको थियो । यसका लागि सरकारले अन्तर्राष्ट्रिय उडान सेवाका लागि जहाज ल्याउने निजी कम्पनीस“ग तत्काल परामर्श गर्ने प्रधानमन्त्रीका आर्थिक सल्लाहकार रामेश्वर खनालले बताए । ‘निगमले जहाज ल्याउन सक्दैन भने निजी क्षेत्रबाट जहाज ल्याउन तत्पर कम्पनीलाई सहयोग गर्न सकिन्छ,’ खनालले भने । यसका लागि सम्बन्धित कम्पनीसग परामर्श गरिने पनि उनले बताए ।
राष्ट्रिय ध्वजाबाहकसग पर्याप्त जहाज नभएको अवस्थामा पर्यटन क्षेत्रबाट अर्बां पुजी पलायन भइरहेकाले पर्यटन उद्योग सुदृढ बनाउन तत्काल जहाज ल्याउनुपर्नेमा बैठकका सहभागीले जोड दिएका थिए । ‘पर्यटक आगमनमा स्वेदेशी विमान सेवाको बढी भूमिका हुन्छ । त्यसैले कि त निगम सबल हुनुपर्छ कि निजी कम्पनी आउनुपर्छ,’ बैठकमा सहभागी एक पर्यटन व्यवसायीले भने । निगमले तेस्रो मुलुकसम्म सीधा उडान गर्दाको तुलनामा हाल पर्यटकको संख्या उल्लेख्य घटेको उनको भनाइ छ ।
निगमलाई जहाज ल्याउने प्रक्रिया तत्काल नदेखिएकाले निजी कम्पनीसगको परामर्शपश्चात् निश्चित व्यवस्था तय गरी जहाज ल्याउन प्रेरित गर्ने सल्लाहकार खनालले जानकारी दिए । ‘बैठकले निजी कम्पनीस“ग छलफल गरी निश्चित नीति तर्जुमा गरेर सोहीअनुरूप जहाज ल्याउन सक्ने नसक्ने कुरा आगामी शुक्रबारसम्म टुंगो लगाउने कुरा भएको छ,’ खनालले भने । हालै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडानका लागि खुला गरेको आवेदनबाट बिबी एयरवेजले लाइसेन्स प्राप्त गरेको छ । लाइसेन्स प्राप्त गरेको एक वर्षभित्र नागरिक उड्डयन प्राधिकरणबाट एयर अपरेटरर्स सर्टिफिकेट (एओसी) लिइसक्नुपर्ने र त्यसको एक वर्षमा जहाज सञ्चालन गरी सक्नुपर्ने व्यवस्था छ ।
विगतमा अन्तर्राष्ट्रिय उडानको लाइसेन्स प्राप्त गरी उडान गर्न नसक्ने एयरलाइन्स कम्पनीस“ग समेत जहाज ल्याउन नसक्नुको कारणबारे जानकारी लिइने बताइएको छ । यसअघि करिब आधा दर्जन कम्पनीले अन्तर्राष्ट्रिय उडानका लागि लाइसेन्स पाए पनि कुनैले सेवा सुचारु गर्न सकेका छैनन् । साथै, सरकारले हालको उड्डयन अवस्थाबारे समेत सम्बन्धित निकायसग विवरण मागेको छ ।
नेपाल आउने पर्यटकको पहिलो रोजाइ स्वदेशी विमान नै हुने भएकाले पनि जहाज ल्याउने विषयमा अविलम्ब निर्णय गर्नु पर्ने उपस्थित प्रतिनिधिले प्रधानमन्त्री भट्टराईलाई राय दिएका छन् । पर्यटन उद्योगलाई सुदृढ गर्न जहाज ल्याउनुको विकल्प नभएको पनि उनीहरूले बैठकमा जोड दिएका थिए । निगमले उडान सञ्चालन गरिरहेको र सेवा दिन नसकेको हवाई रुटमा निजी जहाजलाई उडान गर्न प्रोत्साहन दिइने पनि छलफल भएको खनालले बताए ।
सरकारी स्वामित्वमा सञ्चालित निगम र बुद्ध एयरबाहेक २६ वटा निजी अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीले नेपालमा उडान भरिरहेका छन् । वार्षिक करिब ८० अर्ब बढीको नेपाली उड्डयन उद्योगमा स्वदेशी अन्तर्राष्ट्रिय एयरलाइन्स नहुदा ७० अर्ब बढी रकम विदेसिने गरेको छ । अधिकांश कम्पनी वैदेशिक रोजगारीमा जाने र फर्किने नेपाली हुने गरेका छन् ।
बैठकमा पर्यटन व्यवसायीले पर्यटन उद्योगलाई सुदृढ बनाउन नया जहाज खरिदको प्रक्रिया तत्काल प्रारम्भ गर्नुपर्ने बताएका थिए । निजी विमान कम्पनीलाई भन्दा सरकारी स्वामित्वको कम्पनीलाई प्राथमिकता दिनुपर्ने उनीहरूको भनाइ थियो । बैठकमा पर्यटनका लागि भौतिक पूर्वाधारको विकास गर्ने क्रममा भक्तपुर तथा जनकपुरमा पाचतारे होटल निर्माण गर्ने विषयमा छलफल भएको थियो । त्यस्तै, त्रिभुवन विमानस्थल सुधार, निगमका जहाजलाई कर छुट दिनेलगायत विषयमा छलफल भएको थियो ।
बैठकमा प्रधानमन्त्री भट्टराईले ऊर्जासंकट टार्न सरकारले तत्काल गर्नुपर्ने कामबारे आगामी शुक्रबारभित्र सुझाब एवं सिफारिससहितको प्रतिवेदन पेस गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री कार्यालयका सचिव लीलामणि पौड्याल, लगानी बोर्डका अध्यक्ष राधेश पन्त, ऊर्जा विकास परिषद्का अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य तथा पर्यटन व्यवसायी बैठकमा उपस्थित थिए ।

1 comment: