Wednesday, January 4, 2012

विमानस्थल भिआइपी कक्ष प्रवेशमा कडाइ

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, १९ पुस

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित विशिष्ट (भिआइपी) कक्ष प्रवेशमा कडाइ गरेको छ । भिआइपी कक्षमा अनावश्यक व्यक्ति प्रवेश गर्दा भीडभाड बढेको भन्दै प्राधिकरणले कडाइ गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले मंगलबार सूचना जारी गरी भिआइपी कक्ष प्रयोग गर्न पाउनेको सूची प्रकाशन गर्नुका साथै मापदण्डसमेत तोकेको छ । प्रवेश पासका लागि विमानस्थल महाप्रबन्धकसमक्ष निवेदन दिनुपर्ने सूचनामा जनाइएको छ । नेपाल प्रहरी मुख्यालयले सिफारिस गरेपछि मात्रै पास उपलब्ध हुनेछ । यसअघि विमानस्थलको टिडिओ अफिसले पास उपलब्ध गराउदै आएको थियो ।
विमानस्थल कार्यालयका अनुसार नेपाल सरकारका सचिवसरह र सोभन्दा माथिका पदाधिकारीलाई विदेश प्रस्थान गर्दा र आउदा सम्बन्धित कार्यालयको पत्रको आधारमा भिआइपी कक्ष प्रयोग गर्न दिइन्छ । विदेशी भिआइपीको हकमा भने भने परराष्ट्र मन्त्रालयको पत्रको आधारमा कक्ष प्रयोग गर्न दिइने कार्यालयले जनाएको छ ।
भिआइपीलाई स्वागत तथा बिदाइ गर्न आउने श्रीमान् वा श्रीमती र छोराछोरी, भिआइपी कार्यालयका एकजना वरिष्ठ अधिकारी, भिआइपीका एकजना निजी सचिव र परराष्ट्र मन्त्रालयको प्रोटोकल शाखाका एकजना कर्मचारीले भिआइपी कक्षमा प्रवेश पाउनेछन् । भिआइपीलाई स्वागत र बिदाइ गर्न आउने अन्य सबैले टर्मिनल भवनको भुइतलामा रहेको मूल प्रवेशद्वारभन्दा भित्र प्रवेश गर्न नपाउने कार्यालयले स्पष्ट पारेको छ ।
भिआइपीलाई स्वागत र बिदाइ गर्न जाने व्यक्ति विमान पार्किङ क्षेत्र अर्थात एप्रोनसम्म जाने प्रचलन निरुत्साहित गर्न नया“ व्यवस्था लागू गरिएको प्राधिकरण अधिकारीहरूको भनाइ छ । एप्रोनसम्म गई स्वागत तथा बिदाइ गर्नुपर्ने भएमा त्यसको औचित्य स्पष्ट पारी सम्बन्धित कार्यालयबाट लिखित अनुरोध भई आएमा बढीमा दुईजनासम्मलाई मात्र प्रवेश दिन सकिने विमानस्थल उड्डयन कार्यालयले जनाएको छ । विदेशी भिआइपीको हकमा भने एप्रोनसम्म पुग्न परराष्ट मन्त्रालयको सिफारिस अनिवार्य गरिएको छ ।
गैरसैनिक हवाई उडान ऐन, २०१५ को दफा १० उपदफा २ को प्रतिबन्धात्मक वाक्यांशअनुसार विमानस्थल कार्यालयका प्रमुख अधिकारीले मात्र प्रवेश अनुमति दिन सक्छन् । प्राधिकरणमा एघारौ तहभन्दा माथिको अधिकारी त्रिभुवन विमानस्थलको प्रमुख व्यक्ति अर्थात महाप्रबन्धक हुन्छ ।
विमानस्थल व्यवस्थापनले यात्रुलाई यात्रा कागजात र उडान कागजातका आधारमा मात्र विमानस्थलमा प्रवेश गर्न दिइने जनाएको छ । अन्य व्यक्ति विमानस्थल कार्यालय प्रमुखले जारी गरेको पत्रको आधारमा मात्र विमानस्थल प्रवेश गर्न सक्ने बताइएको छ । प्राधिकरण महानिर्देशक रामप्रसाद न्यौपानेले भिआइपी कक्षमा अनावश्यक भीडभाड हुने गरेकाले त्यसलाई व्यवस्थित गर्न सूचना जारी गरिएको बताए । भिआइपी कक्ष प्रवेशका लागि नया व्यवस्था लागू गरिएको नभई साबिककै व्यवस्था कडाइपूर्वक लागू गर्न खोजिएको उनले जानकारी दिए ।
‘एकजना भिआइपी जादा–आउदा पनि अनावश्यक रूपमा थुप्रै मानिस भिआइपी कक्ष र एप्रोनसम्मै पुग्ने गरेका कारण समस्या हुने गरेको छ,’ न्यौपानेले भने । पुस पहिलो साता बसेको उड्डयन सुरक्षा समितिको बैठकले विमानस्थल सुरक्षामा सुधार गर्न विमानस्थल प्रवेशको व्यवस्था परिवर्तन गर्ने निर्णय गरेको थियो । विमानस्थल व्यवस्थापनले वितरण गर्ने प्रवेश पासले सुरक्षामा खतरा उत्पन्न गरेको सुरक्षा निकायको भनाइ छ । एक स्थानको पास लिएको व्यक्ति विमानस्थलको जुनसुकै स्थानमा पुग्ने अवस्था अहिले पनि छ । पास वितरण पारदर्शी र निष्प नरहेको सुरक्षा निकायको दाबी छ ।
यसअघि साउन अन्तिम साता बसेको समितिको बैठकले विमानस्थलको अवस्था सुधार्न पा“च सम्माननीयबाहेक सबैलाई शरीर जाचपछि मात्र छिर्न दिने निर्णय गरेको थियो । पाच सम्माननीयमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीश पर्छन् । तर, गृह मन्त्रालयले सहमति नदिएका कारण यो निर्णय अहिलेसम्म लागू हुन सकेको छैन । अहिले पनि मन्त्री, राज्यमन्त्री, सहायकमन्त्री, सचिव, सभासद् तथा महŒवपूण नियोगका प्रमुख विमानस्थलमा भिआइपी कक्ष हुदै शरीर जाचै नगरी प्रवेश गर्ने गरेका छन् । विमानस्थलभित्र उच्च ओहोदाका मानिसलाई खुला आवतजावत गर्न दिदा त्यसको दुरुपयोग भएको विमानस्थल व्यवस्थापनले गुनासो गर्दै आएको छ ।

No comments:

Post a Comment