हातमा चेक बोकेर बैंकको काउन्टरमा लामो
लाइन लाग्ने दिन अब गइसकेको छ । पैसा झक्िन अटोमेटेड टेलर मेसिन (एटिएम)
प्रयोग गर्नेको संख्या बढेपछि अहिले धेरै उपभोक्ता 'क्यास' काउन्टरमा देखिन
छाडेका छन् । सहरियाको 'सान' बनेको छ, एटिएम । विशेषगरी यसमा युवा
पुस्ताको बाहुल्य छ । पकेटमा विभिन्न बैंकका एटिएम कार्ड बोकेर हिँड्ने
युवाहरू सपिङदेखि लिएर रेस्टुरेन्टमा खाएको बिल त्यसैबाट तिर्छन् । केही
वर्षअघिसम्म खासै प्रयोगमा नरहेको एटिएम अहिले अधिकांशको आवश्यकताजस्तो
भइसकेको छ ।
पछिल्ला
केही वर्षमा बैंक तथा वित्तीय संस्थाबीच ग्राहकलाई एटिएम सेवा दिने
प्रतिस्पर्धा नै चलेको छ । उपत्यकाबाहिर समेत यो क्रम बढेको छ । बजारभन्दा
टाढा खुलेका बैंकले समेत बजार क्षेत्रमा भाडामा कोठा लिएर एटिएम सेवा दिएका
छन् । एटिएम प्रयोगले कर्मचारीको चाप कम हुने, बैंकमा चेक साट्न आउने
ग्राहकको भीड नहुने र बैंकको आम्दानीसमेत बढ्ने भएकाले एटिएम सेवा
अनिवार्यजस्तै भएको छ । एटिएम सेवा नदिने बैंक तथा वित्तीय संस्थामा खातै
नखोल्ने प्रवृत्ति देखिन थालेको छ ।
चलाउन सजिलो, छिटो र जुनसुकै समयमा पैसा
झक्िन सकिने भएकाले पछिल्लो समय धेरैको ध्यान एटिएमले तानेको छ ।
प्रयोगकर्ताको संख्या बढेका कारण प्रत्येक वर्ष वाणिज्य बैंकले एटिएम मेसिन
थपिरहेका छन् । वाणिज्य मात्र नभई विकास बैंक, फाइनान्स कम्पनी र
सहकारीसमेत एटिएम राख्न उत्साहित भएका छन् ।
अहिले
मुलुकका सबै मुख्य सहरमा एटिएम विस्तार भएको छ । सबैभन्दा बढी एटिएम भएको
बैंक नेपाल इन्भेस्टमेन्ट बैंक हो । यसका मुलुकभरका ६७ स्थानमा एटिएम
काउन्टर छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार अहिले मुलुकभर
करिब ९ सयवटा एटिएम सञ्चालनमा छन् । यो संख्या ०६७ असार मसान्तसम्ममा सात
सय ४१ थियो भने ०६६ असार मसान्तसम्म चार सय ८५ मात्र थियो ।
नेेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय
संस्था नियमन विभागको तथ्यांकअनुसार अहिले मुलुकभर १९ लाख ५० हजार कार्ड
प्रयोगकर्ता छन् । यो संख्या ०६७ असार मसान्तमा १५ लाख ४० हजार थियो भने
०६६ असार मसान्तसम्म आठ लाख थियो । कार्ड प्रयोगकर्तामध्ये अधिकांश
डेबिटकार्ड प्रयोग गर्नेछन् । १९ लाख एटिएम प्रयोगकर्ताले दैनिक करिब दुई
अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने अनुमान छ । सामान्यतया एउटा एटिएममा
बढीमा ३० लाख रुपैयाँ हुन्छ ।
नेपालमा पहिलोपटक एटिएम सञ्चालन गर्ने
हिमालयन बैंक हो । यसले सन् १९९५ मा एटिएम सेवा सुरु गरेको थियो । बंैकका
मुलुकभर ५५ वटा एटिएम छन् । अहिले प्रायः बैंकले खाता खोल्दा सामान्यतया
उपभोक्ता डेबिट कार्ड अथवा एटिएम कार्ड दिने गरेका छन् । सामान्यतया खाता
खोलेको एक सातामा उपलब्ध हुने एटिएम कार्डका लागि बैंकहरूले दुईदेखि ३ सय
रुपैयाँ शुल्क लिन्छन् । वाषिर्क नवीकरणको छुट्टै शुल्क तिर्नुपर्छ । केही
बैंकले क्रेडिट कार्ड सेवा पनि प्रदान गरिरहेका छन् । क्रेडिट कार्ड
प्रयोगकर्ता भने निकै कम छन् ।
उपभोक्ता र एटिएम काउन्टरको संख्या बढिरहे
पनि अहिलेसम्म एटिएम कार्डको बढी प्रयोग पैसा झक्िनका लागि हुने गरेको छ ।
सामान किन्न तथा अन्य सेवाका लागि पैसा तिर्न एटिएम कार्ड प्रयोग गर्नेको
संख्या कम छ । एटिएमले नोटको प्रयोगलाई विस्थापित गर्न सकेको छैन ।
सहर-बजारका साना-ठूला सुपरमार्केट, होटल, रेस्टुरेन्ट तथा अन्य ठूला पसलले
विभिन्न बैंकद्वारा उपलब्ध गराइएका एटिएम कार्डमार्फत रकम लिने व्यवस्था
मिलाएका भए पनि डेबिट कार्डबाट सामान खरिद गर्नेको संख्या धेरै छैन । अहिले
मोबाइल रिचार्ज गर्ने सुविधासमेत एटिएम कार्डमा छ । बैंकले एटिएमलाई २४
घन्टे सेवा भने पनि कतिपय अवस्थामा यो पूर्णरूपमा भरपर्दो छैन । बिहान
खुल्ने र साँझ बन्द हुने एटिएम पनि छन् । कतिपय एटिएममा प्रायः बिग्रेको
सूचना टाँसिएको पाइन्छ । बैंकले पुराना मेसिन प्रयोग गर्दा पनि पटक-पटक
समस्या आउने गरेको प्राविधिक बताउँछन् । नेटवर्किङ प्रणालीका कारण पनि
एटिएममा समस्या आउने गर्छ ।
सावधानीपूर्वक चलाऔँ एटिएम कार्ड
एटिएम कार्ड प्रयोग जति सजिलो र सुरक्षित
छ, त्यत्तिकै जोखिमपूर्ण पनि । सावधानी नअपनाए तपाईंकोे खातामा रहेको रकम
अर्कैले निकाल्न पनि सक्छ । विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको
प्रमाणीकरण नियन्त्रक कार्यालयका नियन्त्रक राजनराज पन्त एटिएम कार्डको पिन
नम्बर सबैभन्दा महत्त्वपूर्ण भएकाले सुरक्षित राख्नुपर्ने बताउँछन् । पैसा
झक्िदा आफ्नो पिन नम्बर कसैले नदेख्नेगरी प्रयोग गर्न, कार्ड छिराउने
ठाउँमा केही चिज राखेको छ/छैन ध्यान दिन र एटिएम बक्सवरिपरि पारदर्शी वस्तु
भए/नभएकोबारे अवलोकन गर्न उनको सुझाब छ । 'ठगले मेसिनमा कार्ड अड्काउन
कार्ड छिराउने स्थानमा केही वस्तु राखिदिन सक्छ र कार्ड अड्केपछि सहायता
गर्ने बहानामा पुनः पिन नम्बर थिच्न लगाउँछ,' उनले भने । कार्ड ननिस्केपछि
ग्राहक सम्बन्धित पदाधिकारीलाई खबर गर्न गएको मौकाछोपी उसले पैसा निकाल्न
पनि सक्छ । मेसिनभित्र कार्ड अड्केमा बैंक कर्मचारीलाई अनिवार्य जानकारी
दिनुपर्ने उनको सुझाब छ । 'विदेशमा यस्तो प्रवृत्ति देखिएको छ, यहाँ पनि
त्यस्तै हुन सक्छ,' उनको भनाइ छ । यसलाई कार्ड 'ट्यापिङ' गर्ने भनिन्छ ।
नक्कली एटिएम कार्ड बनाएर अरूको पिन नम्बर
प्रयोग गरी खातामा रहेको रकम झक्िन सकिने सम्भावना हुने हँुदा पिन नम्बर
छोपेर थिच्न पन्तको सुझाब छ । त्यस्तै नम्बर थिच्ने स्थानमा राखिएको
प्लास्टिकको लेयरमा थिचिएका अंकको डोब बस्ने र ठगले पछि त्यही डोबका आधारमा
पनि खाताको रकम झक्िन सक्ने सम्भावना रहन्छ । कतिपय अवस्थामा बैंकका
कर्मचारीले समेत यस्तो कार्य गर्नसक्ने हुँदा एटिएमबाट निकालेको नगदको
रिसिप्टलाई सुरक्षति रूपमा राख्न विज्ञहरूले सुझाब दिएका छन् । 'कुनै समयमा
एटिएम कार्डबाट नगद निकाल्न नसके पनि पैसा काटिएको हुन्छ, त्यसो हुँदा
रिसिप्टलाई सुरक्षति साथ राख्नुपर्छ,' पन्तको सुझाब छ ।
एटिएम कार्ड प्रयोग गर्दा मेसिनवरिपरि
कुनै अनावश्यक मेसिन वा क्यामेरा जडान भएको छ कि भनेर सचेत हुनुपर्ने हुन्छ
। पिन नम्बर पत्ता लागेपछि 'क्लोनिङ' गरेर त्यस्तै कार्ड बनाउन सक्ने
सम्भावना हुन्छ । एटिएमबाट नगद निकाल्दा वरिपरि मानिस भएको अवस्थामा अरूले
देख्न नसक्नेगरी पिन नम्बर टाइप गर्नुपर्छ । बैंकहरूले पनि एटिएम कार्डको
पिन नम्बर सुरक्षित राख्न तथा कार्ड हराए तुरुन्त बैंकमा खबर गर्न आग्रह
गरेका छन् । यसबाहेक उपभोक्ता आफँ पनि सचेत हुन आवश्यक छ ।
khatiwadalp@gmail.com
No comments:
Post a Comment