Thursday, June 9, 2011

आन्तरिक पर्यटकका लागि पनि प्याकेज


नया पत्रिका
काठमाडौं, २४ जेठ
पर्यटन वर्ष सफल बनाउने उद्देश्यले आन्तरिक पर्यटनलाई प्राथमिकता दिन टुर तथा ट्राभल एजेन्सीले आन्तरिक पर्यटकका लागि प्याकेज ल्याउन थालेका छन् । आन्तरिक पर्यटनमा सम्भावना देखेपछि एजेन्सीले प्याकेज बनाउन थालेका हुन् ।
आन्तरिक पर्यटकका लागि प्याकेज बनाउने एजेन्सी निकै कम छन् । नेपालीमा घुम्ने प्रवृत्ति बढे पनि धेरै खर्च गर्न सक्ने क्षमताका आन्तरिक पर्यटक नभएको ट्राभल एजेन्सी सञ्चालक बताउछन् । इमेरी ट्राभल्सका प्रबन्ध–निर्देशक प्रमोद श्रेष्ठले आन्तरिक पर्यटकले पनि खर्च गर्दै आएको बताए । ‘धेरै नेपाली वर्षमा एक–दुईपल्ट विदेश घुम्न जान्छन्, स्वदेशमा घुम्न नसक्ने भन्ने नै हुदैन,’ श्रेष्ठ भन्छन् ।
पर्यटन वर्षलाई लक्षित गरी इमेरीले नेपालका सबै पर्यटकीय गन्तव्यका लागि ३ सय ९९ रुपैया“को प्याकेज ल्याएको छ । प्याकेजमा एक रात बस्न, खान र बिहानको ब्रेकफास्ट समावेश हुनेछ । विद्यार्थी र युवा समूहलाई लक्षित गरी जनवरी १ देखि २२ वटा आन्तरिक गन्तव्यका लागि प्याकेज ल्याइएको प्रबन्ध निर्देशक श्रेष्ठले जानकारी दिए । प्याकेजमा पोखरा, चितवन, इलाम, धरान, नगरकोट, जिरी, जोमसोमलगायत पर्यटकीय गन्तव्य समावेश छन् । प्याकेजका लागि न्यूनतम १५ जनाभन्दा बढीकोे समूह हुनुपर्नेछ । त्यस्तै, कम्पनीले राराका लागि एक साताको प्याकेज ल्याएको छ । १२ हजार रुपैया“को प्याकेज हालसम्मकै सबैभन्दा सस्तो भएको दाबी कम्पनीको छ ।
सन् १९९८ देखि इमेरीले आन्तरिक पर्यटक प्रवद्र्धनका लागि नेपालका कुनै पनि पर्यटकीय गन्तव्यमा प्रतिव्यक्ति ५ सय ९९ रुपैयामै प्याकेज उपलब्ध गराउ“दै आएको छ । आन्तरिक पर्यटनलाई संस्थागत गर्न सकिए नेपालमा आन्तरिक पर्यटक संख्या उल्लेख्य बढ्ने विश्वास श्रेष्ठको छ ।
पर्यटन वर्ष सुरु भएलगत्तै मुलुकभर हुने महोत्सवमा पनि प्याकेज बन्न थालेका छन् । महोत्सव प्रवद्र्धन गर्ने नेपाल पर्यटन बोर्डले आयोजकलाई पर्यटन वर्षभरि स्थान परिचय समेटिएको ब्रोसरसहित प्याकेज बनाउन आग्रह गरेको छ । बोर्डले सहयोग गर्ने भएपछि प्याकेज बनाउने क्रम बढेको छ । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि महोत्सव आयोजकले सम्बन्धित क्षेत्रका टुर तथा ट्राभल व्यवसायीको सहकार्यमा २ रात ३ दिनदेखि स्थानअनुसार तीन सातासम्मका प्याकेज बनाउन थालेका छन् ।
प्याकेज व्यवस्थाबाट स्थानीयस्तरमा आर्थिक लाभ हुने बोर्डको भनाइ छ । ‘प्याकेजले स्थानीय गन्तव्यकोे प्रवद्र्धनमा पनि सहयोग पुग्छ र व्यवस्थित घुमाइ सुरु हुन्छ,’ बोर्डका प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले भने । स्थानीय स्रोत–साधन परिचालनका साथै स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्न आन्तरिक पर्यटन महŒवपूर्ण हुने श्रेष्ठको तर्क छ ।
महोत्सवबाट ग्रामीण क्षेत्रमा आय वृद्धि हुनुका साथै गन्तव्य पहिचान गर्न सहयोग पुग्ने भन्दै बोर्डले प्रवद्र्धनात्मक सहयोग गर्दै आएको छ । बोर्डले महोत्सवको प्रकृति हेरी २० हजारदेखि ४ लाख रुपैया“सम्मको प्रवद्र्धनात्मक सहयोग गर्दै आएको छ । बोर्डले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि चालू आवमा ८८ लाख रुपैया छुट्याएको छ । यो वर्ष मात्र २ सयभन्दा बढी महोत्सव भएको बोर्डले जनाएको छ ।
राजधानीबाहिरका केही होटलले समेत आन्तरिक पर्यटकका लागि प्याकेज सञ्चालन गरेका छन् । होटलले विदेशी पर्यटक कम आउने अफ सिजनलाई लक्षित गरी प्याकेज ल्याउने गरेका हुन् । त्यस्ता प्याकेज सञ्चालन गर्नेमा पोखरा, नगरकोट र धुलिखेलका होटल बढी छन् । उनीहरूले राजधानीमा कर्पोरेट कार्यालय स्थापना गरी प्याकेज बेच्दै आएका छन् ।
होटलले सञ्चालन गर्ने प्याकेजलाई लिएर ट्राभल एजेन्सी र होटलबीच विवाद हु“दै आएको छ । ट्राभल एजेन्सीले प्याकेज सञ्चालन गर्ने अधिकार होटललाई नभएको बताउ“दै आएका छन् भने एजेन्सीले प्याकेज नल्याएपछि सक्रिय हुनुपरेको होटल सञ्चालकको भनाइ छ ।
ट्राभल तथा टुर व्यवसायीको छाता संगठन नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाटा) ले हालसम्म आन्तरिक पर्यटकका लागि प्याकेज तयार गर्ने योजना बनाएको छैन । टुर प्याकेज बनाउने काममा नाटाको योगदान नहुने अध्यक्ष अर्जुन शर्माले बताए । ‘व्यवसायीले प्याकेज बनाएर बेच्छन्, तर बजार बिग्रिने र कपी हुने कारणले सार्वजनिक गर्दैनन्,’ शर्माले भने । पर्यटकीय उत्पादन बेच्ने र किन्नेबीच समन्वय नभएकाले आन्तरिक पर्यटन फस्टाउन नसकेको उनको भनाइ छ । प्याकेज बनाउन सम्भाव्यता अध्ययन गर्नुपर्ने र कतिपय अवस्थामा महगो हुने भएकाले व्यवसायीले जोखिम लिन नचाहने उनको तर्क छ ।
महोत्सव आयोजकले व्यवसायीसग समन्वय नगर्ने भएकाले प्याकेजमा ध्यान नगएको भन्दै महोत्सवसगै आन्तरिक पर्यटकका लागि प्याकेज बनाउन आग्रह गरिएको नाटाले जनाएको छ । आयोजकले प्याकेजका लागि नाटासग हालसम्म प्याकेज बनाउन समन्वय गरेका छैनन् । नया गन्तव्य स्थापित गर्न स्थानीय समुदाय तथा सरकारको सहभागिता महŒवपूर्ण हुने भएकाले पूर्वाधारमा लगानी नगरेसम्म प्याकेज बनाउन नसकिने व्यवसायीको भनाइ छ ।
पर्यटन नीति २०६५ मा आन्तरिक पर्यटकलाई भ्रमणमा प्रोत्साहित गरिने र निजी क्षेत्रको समन्वयमा पर्यटकीय प्याकेज विकास गरिने उल्लेख छ । त्यस्तै, नीतिले पहिलोपटक मुलुकको एक ठाउबाट अर्को ठाउमा यात्रा गर्ने नेपाली नागरिकलाई पनि आन्तरिक पर्यटकका रूपमा मान्यता दिनुका साथै आन्तरिक पर्यटनलाई पर्यटन व्यवसायको उपक्षेत्रका रूपमा अघि बढाइने उल्लेख छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete