Tuesday, June 28, 2011

आन्तरिक पर्यटकले धानिदै हेलम्बु















नयाँ पत्रिका
हेलम्बु, १३ असार
कुनै वेला विदेशी पर्यटकबाट हुने आम्दानीले चल्ने हेलम्बुका होटल तथा लज पछिल्लो समयमा आन्तरिक पर्यटकबाट धानि“दै छ । आन्तरिक पर्यटक बढ्न थालेपछि यहा“को होटल व्यवसाय विस्तार हुन थालेको हो ।
विदेशी पर्यटकले मात्र नधान्ने निष्कर्ष निकालेर हेलम्बुका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई सहुलियत शुल्कमा सेवा दिन थालेका छन् । केही वर्षअघिसम्म आन्तरिक पर्यटकलाई बास बस्न समस्या हुने हेलम्बुमा अहिले दुई सय रुपैया“मा एकछाक खान र एकरात सुत्न पाइन्छ ।
आन्तरिक पर्यटकबाट पनि राम्रो आम्दानी हुने देखेपछि यहा“का होटल व्यवसायीले ‘दुई सयमा दुवैथोक’ अभियान नै सुरु गरेका छन् । स्वदेशी पर्यटकलाई लक्षित गरेर उनीहरूले यो अभियान सुरु गरेका हुन् । यसअघि आन्तरिक पर्यटकले सामान्यतया एकछाक खाना र एकरात सुताइको ५ सय रुपैया“ तिर्नुपथ्र्यो । ‘पर्यटकीय सिजनमा नेपाली आए बस्न समस्या हुन्थ्यो । अहिले नेपालीलाई पनि प्राथमिकता दिन थालेका छन्,’ स्थानीय शिक्षक तोयानाथ गौतमले भने ।
दुई वर्षदेखि हेलम्बुमा विदेशी पर्यटक घटेको जानकारी दिदै उनले पर्यटन विकासका लागि कसैले लगानी नगरेको र पर्याप्त प्रचार–प्रसार हुन नसकेका कारण पर्यटक घटेको हुन सक्ने उनको भनाइ छ । केही वर्षअघिसम्म टे«किङका लागि फ्रान्सेली, जापानी तथा जर्मन पर्यटक हेलम्बु पुग्थे । ‘होटल नपुगेर चौरमा पनि बस्नुपर्ने अवस्था थियो । द्वन्द्वकालमा पनि यहा पर्यटक घटेका थिएनन्, तर अहिले घटे,’ शिक्षक गौतमले भने ।
विदेशी पर्यटकलाई पुनः आकर्षित गर्न हेलम्बुका व्यवसायीले उनीहरूलाई पनि छुट दिने बताएका छन् । विदेशीले यहाको सिस्नोको तरकारी र ढिडो मन पराउने उनीहरूको अनुभव छ । ‘सिजनमा पर्यटकको कमी थिएन । कुइरे आउदा खुव फाइदा हुन्थ्यो ।’ होटल तार्केघ्याङका सञ्चालक कल्साङ लामाले भने ।
पर्यटक बढ्ने अनुमानमा यस क्षेत्रमा यसै वर्ष मात्र आधा दर्जन होटल तथा लज थपिएका छन् । त्यस्तै, यसै वर्षदेखि हेलम्बुमा पहिलोपटक होमस्टे सञ्चालनमा आएको छ । तार्केघ्याङ गाउका १० वटा घरमा होमस्टे सुरु गरिएको छ ।
होमस्टेमा २० जना पर्यटक बस्न सक्छन् । होमस्टेमा खाएको र सुतेको २ सय ५० रुपैया तोकिएको छ । होमस्टे सञ्चालनपछि आन्तरिक पर्यटक बढेका छन् । गाउमा होमस्टे सुरु भए पनि यसबारे स्थानीयवासी त्यत्ति जानकार छैनन् । ‘कोही पाहुना आएमा हामीसग जस्तो छ त्यस्तै खुवाउने गरेका छौ“ । तर, होमस्टे भनेको के हो हामीलाई थाहा छैन,’ स्थानीय बासिन्दा यशोदा तामाङले भनिन् ।
हेलम्बुमा आधा दर्जनजति होटल तथा लज छन् । होटल माउन्टेन भ्यू र होटल तार्केघ्याङ यहा“का राम्रा होटल हुन् । ह्योल्मो समुदायको बाहुल्य रहेको गाउमा पाहुनालाई खादा ओढाएर स्वागत गर्ने चलन छ । तामा, पित्तल, ढलौट, सिल्बर, स्टिल, सिसा र प्लास्टिकका भाडावर्तनको सजावट र धुवारहित चुलो यहाका होटल र होमस्टेका आकर्षण हुन् ।
हेलम्बु पुग्ने केही पर्यटक तिब्बत जानका लागि यही बाटो भएर अघि बढ्ने गरेका छन् । खान र बस्नका साथै भरपर्दो गाइड भएमा उनीहरू केही समय बढी बस्ने यहँका होटल व्यवसायी बताउछन् ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete