Monday, June 27, 2011

आयो नानो
















नया पत्रिका
काठमाडौं, १२ असार
भारतीय गाडी निर्माता कम्पनी टाटा मोटर्सले उत्पादन गरेको नानो कार अव नेपालमा पनि उपलब्ध भएको छ । टाटा मोटर्सको नेपालका लागी आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नानो नेपाली बजारमा ल्याएको हो ।
काठमाडौंमा पहिलोपटक गत जेठ १८ मा सार्वजनिक गरिएको नानोको बुकिङ आइतवारदेखि खुला गरिएको कम्पनिले जानकारी दिएको छ । कम्पनि मातहतका १४ वटा शोरुम तथा सिप्रदीका अधिकृत बिक्रेता शोरुम मार्फत नानो नेपालभरि बिक्री हुने छ ।
आइतवार आयोजित कार्यक्रममा टाटा मोटर्सको प्यासेन्जर भेहिकल्स अन्तर्गत अन्तराष्ट्रिय व्यापार विभागका प्रमुख जोनी ओम्मन तथा सिप्रदी टेडिङका अधिकारीहरुले नानो औपचारिक रुपमा सार्वजनिक गर्दै बुकिङ खुला गरिएको घोषणा गरे ।
नेपालमा टाटा नानो प्रवेशका अवसरमा बोल्दै ओम्मनले नानोको आरामदायक सुविधा, कार्यक्षमता तथा सजिलै मोडिन सक्ने क्षमताका नेपालका उपभोक्ताका लागि आदर्श कार हुनसक्ने विश्वास व्यक्त गरे । उपभोक्ताको सेवा तथा सुविधाका लागि देशभरि पूर्वाधार निर्माण गरिसकेको बताउदै उनले ग्राहक सेवामा कुनै कमि नआउने प्रतिवद्धता व्यक्त गरे ।
सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शम्शेर जबराले नानोको नेपाल प्रवेशबट उपभोक्ताले स्टाइलयुक्त तथा सुविधायुक्त कारको आनन्द लिन र लाभ उठाउन पाउने बताए । यसबाट कम्पनिले टाटा मोटर्ससग मिलेर प्यासेन्जर भेहिकलको बजारलाई विस्तार गरि नयाँ उचाइमा पु¥याउने उनले प्रतिबद्धता व्यक्त गरे ।
कम्पनिका अनुसार नेपालमा टाटा नानोको सुरुवाती मूल्य ७ लाख ९८ हजार रुपैया हुनेछ । पहिलो चरणमा आइतवारदेखि १० दिनसम्म बुकिङ्ग खुल्ला गरिएको कम्पनिले जनाएको छ ।
सिप्रदीका प्रमुख कार्यकारी अधिकृत शम्भु दाहालले ग्राहकको प्रतिक्रिया हेरेर अर्को बुकिङ खोलिने बताए । बुकिङका लागी नानो स्टयान्डर्डको १० हजार, नानो सीएक्सको २० हजार र नानो एलएक्सको ३० हजार रुपैया तोकिएको छ । मासिक न्यूनतम ११ हजार रुपैयाको किस्तामा नानो किन्न सकिने छ । किस्ताबन्दीका लागी १० वटा बैकसंग सहकार्य गरिएको र जुलाइको अन्तिम साताबाट डेलिभरी गरिने कम्पनिले जनाएको छ । १५ देखि १८ प्रतिशत व्याजमा किस्ताबन्दीको सुविधा उपलब्ध छ ।
पारिवारिक कारको रुपमा प्रस्तुत गरिएको नानोमा चारजना आरामले बस्न सकिन्छ । १ सय ८० एमएम ग्राउन्ड स्पेस भएको नानो अधिकतम १ सय ४ किलोमिटर प्रतिघण्टाको गतिमा कुद्न सक्छ । नानोले प्रदुषण मापदण्ड २०५६ पुरा गरेको बताइएको छ ।
भारतमा सस्तो भएपनि विभिन्न शुल्कका कारण नेपालमा भने महगो भएको कम्पनिले जनाएको छ । सवारी साधन नेपाल भित्र्याउन ७६ प्रतिशत भन्सार, ६० प्रतिशत अन्तशुल्क,, १३ प्रतिशत भ्याट, ५ प्रतिशत सडक दस्तुर तथा १६ हजार ५ सय रुपैया सवारी शुल्क तिर्नुपर्छ । यसमा बैंकको ब्याज, विमा, कम्पनिको नाफा आदि जोड्दा मुल्य महगो हुन जाने सिप्रदीका राणाले बताए । नेपालमै कार एसेम्बलिङ गर्न प्रारम्भिक रुपमा अध्ययन भइरहेको राणाले जानकारी दिए ।
इन्जिन क्षमता ६ सय २४ सिसी रहेको नानोमा पा“च गियर छन् भने अगाडि र पछाडि दुवै पाङग्रामा ड्रम ब्रेक छ । टायर ट्युबलेस छन् । नानो आइभोरी ह्वाइट, रेसिङ रेड र समर ब्ल्यु, नानो सिएक्स आइभोरी ह्वाइट, रेसिङ रेड, समर ब्ल्यु, च्याम्पेन्ज गोल्ड र लुनार सिल्भर तथा नानो एलएएक्स सनसाइन येल्लो, च्याम्पेन्ज गोल्ड र लुनार सिल्भर रंगमा उपलब्ध छन् ।
हिटरसहितको एयर कन्डिस्नर, फ्रन्ट पावर विन्डो, कप होल्डर, सबै ढोकामा म्यागाजिन र सिक्का राख्ने ठाउ“, सबै सिटमा टाउको अडेस लगाउने भाग, चालक र यात्रुका लागि सनभाइजर, हेड ल्याम्प लेभलिङ, लो ङ्खयुल वार्निङ ल्याम्प, पछाडिको सिट फोल्ड गर्न मिल्ने लगायत विशेÈता नानोमा छन् । नानोमा सेन्ट्रल लक, सेन्टर हाइ माउन्ट स्टप ल्याम्प, लेमिनेटेड विन्डसिल्ड, बुस्टर एसिस्टेड ब्रेक सबै सिटमा बेल्ट, इन्ट्रयुजन बिमलगायत सुरक्षा सुविधा छन् ।
टाटा नानोको नेपाल प्रवेशलाई लक्षित गरेर टाटा मोटर्स र सिप्रदीले गत जेठ १८ देखि नानो यात्रा नेपाल नामक देशव्यापी ¥यालीको थालनी गरेको थियो । यात्राका क्रममा दुई वटा टाटा नानोले १५ ऐतिहासिक स्थानको भ्रमणसहित करिब ४० हजार किलोमिटर यात्रा पुरा गर्ने कम्पनिले जनाएको छ । हालसम्म ६ हजार किलोमिटर पूरा भइसकेको जानकारी दिदै कम्पनिले यात्राबाट उपभोक्तालाइ नानोको सबलता र विश्वसनियताको प्रत्यक्ष प्रमाण दिइरहेको दावी गरेको छ ।
टाटा मोटर्स नेपालसग विगत ३६ वर्षदेखि आवद्ध छ । नेपालमा टाटाका ईन्डिका जिटा, ईन्डिका भीटू, ईन्डिका भिस्टा, ईन्डिगो सीएस, मान्जा, सुमो, सफारी र आरिया मोडलका प्यासेन्जर भेहिकल उपलब्ध छन् । टाटाको लागी नेपाल तेश्रो ठूलो बजार हो । भारतवाहिर श्रीलंकापछि नेपालमा नानो विक्री गरिएको हो ।
टाटा मोटर्स भारतको अटोमोबाइल कम्पनी हो । यसको कुल आर्जन सन् २०१०÷११ मा २७ अर्ब अमेरिकी डलर थियो । यसका बेलायत, दक्षिण कोरिया, थाइल्यान्ड र स्पेनमा सहायक र संगठित कम्पनी छन् । भारतभरिमा ५९ लाख टाटा सवारीसाधन सञ्चालनमा छन् । त्यस्तै यो विश्वकै चौथो ठूलो ट्रक उत्पादक र तेस्रो ठूलो बस उत्पादक हो ।
सिप्रदी टेडिङ सवारीसाधन र यससँ सम्बन्धित कारोबार गर्ने मुलुककै अग्रणी कम्पनि हो । सिप्रदीको वार्षिक आम्दानी १५ करोड अमेरिकी डलर भन्दा बढि रहेको बताइएको छ । सिप्रदीले सन् १९८२ देखि टाटा मोटर्सको नेपालका लागि वितरकको काम गर्दै आएको छ । कम्पनीका नेपालभरि ९ वटा बिक्री कार्यालय, ५ वटा क्षेत्रीय सर्भिस सेन्टर, १० प्यासेन्जर भेहिकल र १५ कमर्सियल भेहिकल का अधिकृत बिक्रेता तथा सर्भिस सेन्टर र ठूलो बिक्री तथा सेवा वितरण सञ्जाल छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete