Thursday, June 23, 2011

भैरहवा विमानस्थलमा एयर एसियाको चासो


नयाँ पत्रिका
काठमाडौं, ८ असार
विभिन्न दातृ निकाय तथा अन्तराष्टिय संघसंस्थाहरुले लुम्बिनिको विकासका लागी सहयोगको घोषणा गरिरहेका बेला मलेसियाको बजेट एयरलाइन्स एयर एसियाले समेत भैरहवा विमानस्थल सुधार र लुम्बिनिको विकासका लागी चासो देखाएको छ । भैरहवालाइ क्षेत्रिय अन्तराष्टिय विमानस्थलको रुपमा स्तरोन्नति गरि लुम्बिनिमा पर्यटक ल्याउने उद्धेश्यले कम्पनिले चासो देखाएको हो । विमानस्थल सुधार गरेर क्वलालम्पुरबाट सिधै भैरहवा उडान भर्ने योजना कम्पनिको छ ।
एयर एसियाले मलेसियाको बौद्ध संस्था शाक्यमुनि बुद्धिस्ट फाउन्डेसनको सहयोगमा भैरहवा विमानस्थल सुधार र लुम्बिनिको विकासका लागी विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन सहितको प्रस्ताव पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसमक्ष पेश गरिसकेको छ । मलेसियामा बस्ने चिनिया मूलका नागरिकहरुको संस्था फाउण्डेसनले विगत दुइ बर्षदेखि लुम्विनिलाइ शान्ति शहरको रुपमा विकास गर्न काम गरिरहेको बताइएको छ ।
एयर एसियाले फाउन्डेसनसंगको सहकार्यमा विमानस्थल र लुम्बिनिमा लगानीको प्रस्ताव गरेको हो । विश्वका अन्य धर्मसग जोडिएका स्थानलाइ विशेष रुपमा चिनाइए झै लुम्विनीलाइ अन्तराष्टिय शान्ति शहरको रुपमा विकास गर्ने लक्ष्य फाउन्डेसन र एयर एसियाको छ । दक्षिण पूर्व र एसियाका बुद्धिस्ट पर्यटकलाइ सिधै लुम्बिनि ल्याउने हाम्रो योजना हो । एयर एसिया स्रोतले नया पत्रिकासंग भन्यो । लुम्बिनिमा होटल लगायत अन्य पूर्वाधार पनि विस्तार गर्ने महत्वाकाक्षी योजना उसको छ । पूर्वाधार विकासका लागी १ अर्व ५० करोड रुपैया प्रस्ताव गरिएको बताइएको छ ।
एयर एसियाले विमानस्थल सहित सबै पूर्वाधारको विकासमा लगानी गर्ने र लुम्बिनिलाइ शान्ति शहरको रुपमा विकास गरि पर्यटक भित्र्याउने योजना सरकार समक्ष पेश गरेको छ । विदेशी एयरलाइन्सले विमानस्थलमा सिधा लगानी गर्न नमिल्ने भएकोले कम्पनिले एजेन्ट मार्फत् लगानी गर्ने बताइएको छ । यसका लागी कम्पनिले काग्रेस नेता तथा पूर्व संस्कृति मन्त्री डा मिनेन्द्र रिजाललाइ एजेन्ट तोकेको स्रोतको दावी छ । रिजाल संस्कति मन्त्री हुदा नै कम्पनिले सरकारसमक्ष परियोजना प्रस्ताव पेश गरेको थियो ।
यसअघि मलेसियाको मलेसियन बरहार्ड एयरपोर्ट होल्डिङ कम्पनिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको टर्मिनल व्यवस्थापनमा चासो राख्दै प्रस्ताव पेश गरेको थियो । यसको प्रक्रिया अगाडी बढेपनि मन्त्रिपरिषद्ले स्विकृति नदिएपछि त्यत्तिकै सेलाएको थियो ।
एयर एसियाको प्रस्ताव स्विकृत गराउन नेपालका लागी मलेसियाली राजदूत इलानकोभान कोलानदाभेलू समेत लागिपरेको बताइएको छ । आफ्नो कार्यकाल सकिनुअघि राजदतले प्रधानमन्त्री झलनाथ खनाललाइ भेटेर एयर एसियाको योजनाबारे जानकारी गराएका छन् । उसको परियोजनाले लुम्बिनिको विकासमा सहयोग पुग्ने उनले प्रधानमन्त्रीलाइ बताएका थिए । एयर एसियाले करिव ८० लाख बुद्ध धर्मावलम्बी पर्यटक नेपाल भित्रयाउने योजना बनाएको राजदुतले प्रधानमन्त्रीलाइ जानकारी गराएको बताइएको छ । मलेसियाबाट ६० लाख र इन्डोनेसियाबाट २० लाख बुद्ध धर्मावलम्बी पर्यटक नेपाल आउने दावी उनको छ ।
फाउण्डेसन र एयर एसिया लुम्विनि क्षेत्रको समग्र विकासमा इच्छुक छन् । लुम्बिनिलाइ एसियाकै पर्यटकको मुख्य गन्तव्य बनाउन सकिन्छ । राजदूतको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । पर्यटन प्रवद्र्धनका लागी सरकार र निजी क्षेत्र सगसगै मिलेर जानु आवश्यक रहेको भन्दै सरकारले एयर एसियाको प्रस्ताव स्विकार गरे लुम्बिनि क्षेत्रको कायापलट हुने दावी उनले गरेका थिए ।
एयर एसियाले उपयुक्त विमान, उचाइ र पहाड तथा अनुभवी पाइलटका कारण्ँ नेपाल आउन कठिनाइ भइरहेको भन्दै काठमाडौं उडानको योजना सार्दै आएको छ । पहिलो चरणमा काठमाडौं र दोश्रो चरणमा भैरहवा सिधा उडान गर्ने योजना कम्पनिको छ । भैरहवा विमानस्थल सुधारका लागि दातृ संस्था एसियाली विकास बैंक (एडिबी) ले ३ करोड अमेरिकी डलर ऋण सहयोग गरेको छ । त्यस्तै सरकारले चालू आर्थिक वर्ष २०६६-६७ का लागि १४ करोड रुपैया विनियोजन गरेको छ ।
नेपालकै कायापलट गर्न सक्ने दावी गरिएको परियोजना अघि बढाउन नेतृत्वले ढिलाइ गरिरहेको गुनासो एयर एसियाको छ । अस्थिर राजनितीका कारण परियोजना ओझेलमा परेको छ । हामी सरकारको अनुमोदन, समर्थन र सहयोगको पर्खाइमा छौं । स्रोतले भन्यो ।
जेठ पहिलो साता एयर एसियाका प्रतिनिधिहरुले लुम्बिनिमा लुम्बिनि विकास कोष तथा स्थानिय सरोकारवालाहरुसग छलफल गरेका थिए । परियोजनाबाट लुम्बिनि क्षेत्रको समग्र विकास हुने भएकोले आफ्नो परियोजनामा सहयोग गर्न उनीहरुले आग्रह गरेका थिए । आगामी साता एयर एसियाका अधिकारीहरु पुन नेपाल आउने र आफ्नो परियोजनाका लागी पहल गर्ने बताइएको छ । विश्वमा करिव ३८ करोड बौद्धमार्गी रहेका र यसमध्ये करिव १५ करोड नेपालबाट एक देखि पा“च घण्टाको हवाइ दुरीमा भएकाले तिनलाइ लक्षित गरेर विशेष कार्यक्रम आवश्यक भएकोले परियोजना ल्याइएको कम्पनिको दावी छ ।
२२ वटा अन्तराष्टिय गन्तव्यमा उडान भर्ने एयर एसिया विश्वमै सबैभन्दा सस्तो टिकट उपलब्ध गराउने वायुसेवा कम्पनी मानिन्छ । २००९-१० मा उसले सस्तो टिकट मूल्य दिएको रेकर्ड बनाउन सफल भएको थियो । एयर एसियाले हाल भारतको कलकत्ता सम्म उडान गर्छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete