Tuesday, June 21, 2011

हेलम्बु, मनसुन र जोक





भनिन्छ, यात्रा ज्ञानप्राप्तीको एउटा महत्वपूर्ण माध्यम हो । अझ साहित्यकारहरु त जिन्दगीलाइ नै एउटा यात्रा हो भन्छन् । यात्राका अरु पनि थुप्रै उद्धेश्य छन् । प्रकृतिको आनन्द लिन, मान्छेले गरेका अनेक किसिमका सृजना हेर्न, नया उर्जा प्राप्त गर्न, इतिहास हेर्न, जिज्ञासा मेटाउन, मोजमस्ती गर्न मान्छेले यात्रा गर्छन् ।
असारको पहिलो साता पर्यटन विषयमा कलम चलाइरहेका पत्रकारहरुको संगठन पर्यटनका लागी पत्रकार संघ (जाट) नेपाल को एउटा टोली काठमाडौंको कोलाहलमय वातावरणलाइ छोडेर हेलम्बुसम्मको यात्रामा निJustify Fullस्कियो । उद्धेश्य थियो प्रकृतिको आनन्द लिनु र हेलम्बुको पर्यटकीय सम्भावना उजागर गर्नु र केहि हदसम्म मोजमस्ती गर्नु पनि ।


नेपाल पर्यटन बोर्डको सहयोगमा जाट नेपालले मेलम्ची हुदै हेलम्बुसम्मको ‘फेमिलिराइजेसन टुर’ को आयोजना गरेको थियो । विहान ११ बजे १० जना पत्रकार र बोर्डका एक प्रतिनिधि बोकेको टोयोटा ल्याण्डक्रुजर काठमाडौंबाट हुइकियो । ६ लेन क्षमताको अन्तराष्ट्रिय स्तरको कोटेश्वर सुर्यविनायक सडक हुदै गाडी पुग्यो धुलिखेल ।
भक्तपुर कटेपछि हामीले दैनिक काठमाडौं पूर्वका यात्रुले गर्नुपर्ने कष्टकर यात्रा देख्यौं । बसको भित्र मात्र नभएर छतमा पनि कोचाकोच गरेर यात्रु चढाउँदा रहेछन् बसहरु । यो क्षेत्रमा अरनिको यातायातको मोनोपोली रहेको समाचारमा त सुनेको हो तर यसपटक भने आफ्नै आँखाले देख्ने मौका पाइयो । तर अहिले केहि हदसम्म यो मोनोपोली तोडिएको छ । धुलिखेल भन्दा केहि पर पाचखाल अर्गानिक कफि र लस्सीका लागी प्रख्यात छ । काठमाडौंबाट गाडी लिएरै अर्गानिक कफि र लस्सी पिउन पारखीहरु त्यहा पुग्छन् ।

हामीले पनि पाचखालमा लस्सीको चुस्की लियौं । राजमार्गसंगै लस्सी पिलाउने आधा दर्जन पसल यहा छन् । धान हरियो फिर्न थालेको कुन्ताबेंशीको सुन्दर फाँट छिचोलेर बिशाल पहाडको फेद भएर बगेको इन्द्रावतीको आडमा तेर्सिएको धुलाम्मे सडक हुँदै हामी चढेको ल्याण्ड क्रुजर अगाडी बढ्यो ।
पाचखालपछि जिरोकिलो, कुन्ताबेंसी, सिपाघाट हुदै मेलम्ची पुगिन्छ । कुन्ताबेंसी लिची, करेला, गोलभेडा तथा अन्य तरकारीका लागी प्रख्यात छ । बाह्रै महिना यहाका किसान तरकारी उत्पादनमा व्यस्त रहन्छन् ।
इन्द्रावती यो क्षेत्रको लाइफलाइन हो । खोलाकिनारका व्रmसर उद्योगले प्राकृतिक स्रोतको दोहन गर्दै प्राकृतिक सुन्दरतालाइ नै कुरूप बनाइरहेका छन् । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाले बनाइदिएको बाटो गिट्टी, बालुवा ओसार्ने टिपरले बिगारेर चौपट पारेका छन् । ठूलो बगर र धेरै बालुवा भएकोले यहा प्रशस्त क्रसर सञ्चालित छन् । दैनिक दर्जनौं टिपरले यहाबाट बालुवा ओसार्छन् । केहि समयअघि यहाका क्रसर चल्न नदिने निर्णय भएपनि त्यो कार्यान्वयन हुन सकेन । टिपरको लोडका कारण कतिपय स्थानमा सडक नै जिर्ण भइसकेको छ ।
मेलम्ची खानेपानी आयोजनाका कारण यो क्षेत्रको कायापलट नै भएको छ । गाउाउसम्म सडक पुगेको छ । स्थानिय जनताको अपेक्षा बढेको छ । मेलम्चीमा आयोजनाको साइट अफिस छ । केहि होटल र रिसोर्टहरु छन् । चिसो पानीको मिठो माछा खान पाइन्छ ।

मेलम्चीमा माछा खाएर हामी अघि बढ्यौं । हाम्रो बास आज तिम्बुमा हुनेछ । मेलम्ची खोलाको किनारमा रहेको सानो बजार हो तिम्बु । तिम्बुसम्म अहिले काठमाडौंको जोरपाटीबाट बस लाग्छ । साखुबाट मेलम्ची जोड्ने बाटो पनि खुलिसकेको छ । सडक विस्तार भएपछि मेलम्चीको बजार तिम्बुसम्म विस्तार भएको छ ।
तिम्बुमा दुइ तिनवटा सामान्य स्तरका लज छन् । दाल भात तरकारी पाइन्छ । माछा मासु भने यहा पाइन्न । खानाको एक सय रुपैया पर्छ भने सुतेको प्रतिव्यक्ति ५० रुपैया । खोंच भएकोले सञ्चार सम्पर्कबाट तिम्बु विच्छेद छ ।
तिम्बु बासपछि हामी उकालो लाग्नु छ । आन्तरिक पर्यटकको रुपमा हिडेका हाम्रो गन्तव्य तार्केघ्याङ यहाबाट ११ किलोमिटर टाढा छ । कच्ची बाटो माथी तार्केघ्याङ सम्मै पुग्छ । तर बर्षायाममा भने पानी परिरहने भएकोेले गाडी चल्न गाह्रो हुन्छ । रातभरि पानी परेकोले गाडी नजाला भन्ने डर थियो हामीलाइ । नभन्दै केहि माथी पुगेपछि पहिरोका कारण गाडी जान सकेन । गाडी र डाइभर लाइ तिम्बुमै छोडेर हामी पैदलै उकालो लाग्यौं । अक्सर पानी परिरहन्छ यो क्षेत्रमा । पानीमा रुझ्दै र जुकासंग संघर्ष गर्दै उकालो लागिरह्यौं । साथीहरुका ननभेज जोक्सले यात्रालाइ रमाइलो बनाउन सहयोग पुग्यो । न्यूज चौविसका नारायण भण्डारी, सनराइज नेपालका देवी पन्त र रिपब्लिकाका विष्णु भट्टराइले प्रतिस्पर्धात्मक रुपमा जोक सुनाएर बोर हुन दिएनन् ।
तिम्बुपपछिको गन्तव्य ककनी हो । यहा चिया खाजा खान पाइन्छ । ककनीमा विश्राम गरेर हामी पुन उकालो लाग्यौं । आज विहानको खाना आलु । एक घरमा पाच धार्नी आलु उसिन्न लगाएर आलु भोज गरियो । हेलम्बुको आलु निकै मिठो । सिजनको बेला स्याउ पनि पाइन्छ ।
हाम्रो गन्तव्य तार्केघ्याङ अव दुइ घण्टामा पुगिन्छ । तिनवजे तार्केघ्याङ पुगियो । सानो पहाडी गाउ । २५÷३० घरको सानो गाउ छ । केहि पुराना गुम्बाहरु छन् । पानी घट्टजस्तो पानीले घुमाउने मानेहरु छन् । पारी पट्टि नाम्चे बजारजस्तो देखिने मेलम्ची गाउ छ । माथी आमा याङग्री डाडा । तार्केघ्याङबाट सुर्य हिमाल अत्यन्तै राम्रो देखिन्छ ।
तार्केघ्याङ तिव्वतियन संस्कृतिबाट प्रभावित छ । राजधानीमा प्रचण्ड गर्मि भएपनि यहा सिरक ओढेर सुत्नुपर्छ । यहा दुइवटा राम्रा होटल छन् । भर्खरै होमस्टेको पनि शुरुवात भएको छ । यहा नेपाली देखि विदेशी सबै प्रकारका खानेकुरा र पेय पदार्थ पाइन्छ । नन भेज भने यहा पनि पाइदैन । केहि बर्ष सम्म प्रशस्त विदेशी पर्यटक पुग्ने यहाका होटल अहिले भने आन्तरिक पर्यटकले धानिएका छन् । एक रात खाएर सुतेको ५ सय सम्म पर्छ नेपालीलाइ ।
तार्केघ्याङमा हामीले गुम्बाका लामाहरु र स्थानिय बासीसंग यहाको पर्यटकीय र अन्य सम्भावनाहरु बारे छलफल ग¥यौं । बसाइ सराइको समस्याबाट यो ठाउ पनि अछुतो छैन । अवसरको खोजीमा शहर र विदेश जाने क्रम बढ्दो छ । विस्तारै गाउ सुनसान हुन थालेको छ । पछिल्ला केहि बर्षमा पर्यटक पुग्न छाडेका छन् । तर स्थानिय बासी पर्यटक बढाउन लागिपरेका छन् । कुनै बेला नेपालीलाइ नगन्ने यहाका होटलले अहिले आन्तरिक पर्यटकलाइ पनि प्राथमिकता दिन थालेका छन् । हेलम्बुमा प्रशस्त पर्यटकीय सम्भावना छन् खाचो छ त केवल प्रचारप्रसार र प्याकेजिङको ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete