Thursday, June 23, 2011

बजेट सक्न विदेश घुमघाममा

नयाँ पत्रिका

काठमाडौं, ८ असार

आर्थिक बर्ष सकिन लागेपछि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक दर्जन भन्दा बढि कर्मचारी विदेश घुमघाममा निस्केका छन् । फ्रिज हुन लागेको रकम सक्ने उद्धेश्यले कर्मचारी विदेश भ्रमणमा निस्केका हुन् ।

ग्रामिण पर्यटन सम्वन्धि अध्ययन गर्न भन्दै मन्त्रालयका कर्मचारी हरु गत साता मलेसिया र भारत भ्रमणमा गएका छन् । घुम्न निस्कनेमा मन्त्रालयका सहसचिवदेखि अधिकृत स्तर सम्मका कर्मचारी छन् । मलेसिया भ्रमणमा लागि ४ जना र भारतको दिल्ली तथा कलकत्ताका लागि ६÷६ जनाको दुई टोलि त्यसतर्फ प्रस्थान गरेको छ ।

स्रोतका अनुसार मलेसिया जाने कर्मचारीले प्रतिव्यक्ति १ देखि २ लाख रुपैयासम्म खर्च गर्नेछन् । त्यस्तै भारत भ्रमणमा जाने कर्मचारीले प्रतिव्यक्ति ७५ रुपैया हजार खर्च गर्ने बताइएको छ ।

कर्मचारीहरु मन्त्रालयको ग्रामिण पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तर्गतको बजेटमा विदेश गएका हुन् । ग्रामिण स्तरमा पर्यटन प्रवद्र्धन गर्न भन्दै मन्त्रालयले गत आर्थिक वर्षदेखि रकम छुट्टयाउने गरेको छ । ग्रामिण स्तरमा पर्यटन प्रवद्र्धनका लागी खर्च गर्नुपर्ने रकम विदेश भ्रमणमा खर्च गरेर दुरुपयोग गरेको भन्दै मन्त्रालयका अधिकारीहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

ग्रामिण पर्यटन प्रवद्र्धनका लागी मन्त्रालयले कुनै कार्यक्रम नबनाएपछि बजेट फ्रिज हुने अवस्था आएको थियो । आर्थिक वर्ष सकिन लाग्दा समेत पैसा खर्च नभएपछि मन्त्रालयले विदेश भ्रमण गरेर सक्ने योजना बनाएको हो । मन्त्रालयका एक अधिकारीले भने । स्रोतका अनुसार मलेसिया जाने भ्रमण टोलीले ५ लाख ५० हजार र भारत जानेले ९ लाख रुपैया खर्च गर्ने छ ।

मलेसिया भ्रमणको टोलीमा मन्त्रालयका सहसचिव लोकबहादुर खत्री, उपसचिव रामचन्द्र ढकाल, लेखा अधिकृत कृष्ण गोपाल र तथ्यांङ्क सहायक मदन पोखरेल छन् । स्रोतका अनुसार मलेसिया भ्रमणमा सहसचिवले २ लाख, उपसचिवले १ लाख ५० हजार र शाखा अधिकृतले १ लाख खर्च गर्न पाउने छन् ।

टोलीले मलेसियामा ग्रामिण पर्यटनको बारेमा स्थलगत अध्ययन गर्ने बताइएको छ । मलेसियाको होमस्टे तथा कृषि पर्यटनको अवलोकन गर्न भ्रमण कार्यक्रम बनाइएको मन्त्रालयको दावी छ । बजेट सक्न आवश्यकता भन्दा बढि कर्मचारी भ्रमणमा गएको बताइएको छ । विदेश भ्रमणमा जाने कर्मचारीले प्रतिदिन १ सय २५ डलर मात्र खर्च गर्न पाउने व्यवस्था छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete