Thursday, June 2, 2011

पर्यटक आगमन उत्साहजनक

नया पत्रिका
काठमाडौं, १८ जेठ
सन् २०११ को पाचौ महिना मेमा हवाईमार्गबाट नेपाल आउने पर्यटकको संख्या उत्साहजनक रूपमा बढेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको तथ्यांकअनुसार सन् २०१० को मेको तुलनामा २०११ को मेमा ४७ प्रतिशत बढी पर्यटक हवाईमार्ग हुदै नेपाल भित्रिएका छन् । यो महिना ३९ हजार १ सय ७९ पर्यटक सो मार्गबाट नेपाल भित्रिएको कार्यालयले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यो संख्या २६ हजार ६ सय ३४ थियो ।
गत महिना सबै क्षेत्रबाट आउने पर्यटक बढेका छन् । दक्षिण एसिया क्षेत्रबाट आउने पर्यटकमा ७१ दशमलब ५ प्रतिशतले वृद्धि भएको छ । मुख्य बजार भारतबाट आउने पर्यटक यो महिनामा ७८ दशमलब ४ प्रतिशतले बढेका छन् । यस वर्षको मेमा १७ हजार ३ सय ४९ भारतीय पर्यटक हवाईमार्गबाट नेपाल भित्रिएको तथ्यांक छ । यो संख्या गत वर्षको सोही महिनामा ९ हजार ७ सय २६ थियो । स्थलमार्गबाट आउने भारतीय पर्यटकको गणना गरिदैन ।
भारतबाहेक बंगलादेश, पाकिस्तान र श्रीलंकाबाट आउने पर्यटक क्रमशः ३.३, २४ र ३१.६ प्रतिशतले बढेका छन् । मेमा दक्षिण एसिया क्षेत्रबाट कुल १९ हजार २ सय १३ पर्यटक नेपाल आएका छन् । दक्षिण एसियाबाहेक अन्य एसियाली मुलुकबाट आउने पर्यटकमा पनि उल्लेख्य वृद्धि भएको अध्यागमन कार्यालयले जनाएको छ । यो क्षेत्रबाट आउने पर्यटक यो महिनामा ६४ प्रतिशतले बढेका छन् । २०११ को मेमा चिनिया पर्यटक दोब्बर बढेका छन् । गत वर्षको मेमा १ हजार ४२ चिनिया पर्यटक हवाईमार्ग हदै नेपाल आएकोमा यस वर्षको मेमा करिब ३ हजार आएका छन् । अन्य एसियाली मुलुकहरू मलेसिया, थाइल्यान्ड, सिंगापुर र दक्षिण कोरियाका पर्यटक पनि यो महिनामा बढेको देखिएको छ । मलेसियाली पर्यटक १ सय ३४ प्रतिशतले बढेका छन् भने थाई पर्यटक पनि दोब्बरले बढेका छन् । त्यस्तै, सिंगापुरबाट ७८ प्रतिशत र दक्षिण कोरियाबाट ९४ प्रतिशत बढी पर्यटक आएका छन् । यद्यपि जापानिज पर्यटक भने यो महिना केही घटेका छन् ।
युरोपियन मुलुकबाट आउने पर्यटक सरदरमा ११ प्रतिशतले बढेको अध्यागमन कार्यालयले जनाएको छ । बेलायत, फ्रान्स, जर्मनी, इटली, स्पेन, स्वीडेन, स्विट्जरल्यान्ड र रसिया सबै मुलुकबाट आउने पर्यटक बढेका छन् । युरोपियन मुलुकबाट कुल ६ हजार ९ सय ४० पर्यटक मेमा नेपाल आएका छन् ।
त्यस्तै, अस्ट्रेलिया र न्युजिल्यान्डबाट आउने पर्यटक पनि क्रमशः ५३.२ र १३० प्रतिशतले बढेका छन् । अमेरिकी पर्यटक १९.४ र क्यानाडेली पर्यटक १३.५ प्रतिशतले बढेका छन् ।
पर्यटन वर्ष २०११ सुरु भएपछिका पहिलो पाच महिनामा कुल २ लाख ८ हजार १ सय ३७ विदेशी पर्यटक हवाईमार्गबाट नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा २२.९ प्रतिशतले बढी हो । सन् २०१० को पहिलो पा“च महिनामा यो संख्या १ लाख ६९ हजार थियो । यस वर्षको मेमा ५२ हजार ४ सय ८९ विदेशी पर्यटक त्रिभुवन विमानस्थल हुदै बाहिरएका छन् । त्यस्तै, ५१ हजार ६ सय १० नेपाली स्वदेश फर्किएका छन् भने ६७ हजार ९ सय ८ नेपाली बाहिरएका छन् ।
कहाबाट कति पर्यटक ?

क्षेत्र संख्या बजार हिस्सा
दक्षिण एसिया १९२१३ ४९ प्रतिशत
एसिया ५४९० १४ प्रतिशत
युरोप ६९४० १७.७ प्रतिशत
अमेरिका ३५१८ ९ प्रतिशत
ओसेनिया ११३३ २.९ प्रतिशत
अन्य २८८५ ७ प्रतिशत

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete