Monday, June 13, 2011

विमानस्थलमै छैन पर्यटन बर्ष










लक्ष्मीप्रसाद खतिवडा

सरकारले दश लाख पर्यटक ल्याउने लक्ष्यसहित पर्यटन बर्ष मनाइरहेको छ । सात लाख पर्यटक हवाइ मार्गबाट र बाकी तिन लाख स्थल मार्गबाट ल्याउने सरकारी लक्ष्य छ । सन् २००८ मा तत्कालिन नेकपा माओवादीको सरकारले पर्यटन बर्ष मनाउने घोषणा गरेको थियो । सन् २००९ भरि पर्यटन बर्षका लागी खासै काम नगरिए पनि २०१० लाइ यसको तयारी बर्षको रुपमा लिइएको थियो । यसअनुसार दश लाख पर्यटकका लागी विमानस्थल होटल लगायतका पूर्वाधारमा केहि लगानी थपियो ।
दश लाख पर्यटक भित्र्याउन थुप्रै चुनौति छन् । नेपाल भित्रिने पर्यटकले सबैभन्दा पहिले देख्ने विमानस्थल हो । मुलुकको एकमात्र अन्तरािष्टय विमानस्थलमा थुप्रै व्यवस्थापकिय समस्या छन् । पर्यटकमैत्री वातावरण छैन । पर्यटन बर्षको प्रचारप्रसारका लागी सरकारले २३ करोड रुपैया छुट्याएको छ । यो रकमले यूरोप अमेरिकासम्म प्रचार प्रसार गर्ने योजना सरकारको छ । पर्यटन बर्षको प्रचारका लागी सयौं सद्भावना दुत नियुक्त गरिएका छन् । सरकारी अधिकारीहरु पर्यटन बर्षको लहर देश विदेशमा फैलिरहेको दावी गर्छन् तर सात लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको मुख्य नाका त्रिभुवन विमानस्थलमा पर्यटन बर्षको नामनिसान छैन । नेपाल आइसकेका पर्यटकले पनि नेपालले पर्यटन बर्ष मनाइरहेको छ भनेर थाहा पाउने अवस्था छैन ।
अहिलेसम्मको पर्यटक आगमनको तथ्यांक हेर्दा सात लाख हवाइ पर्यटकको लक्ष्य त्यत्ति सजिलो देखिदैन । पर्यटन बर्षको पहिलो पाच महिना वितिसक्दा २ लाख ८ हजार पर्यटक हवाइ मार्गबाट नेपाल भित्रिएको तथ्यांक छ । बाकी ७ महिनामा पाच लाख पर्यटक हवाइ मार्गबाट ल्याउनु चुनौतिपूर्ण छ । अनुभविहरुका अनुसार पर्यटक आगमनका लागी ‘माउथ टु माउथ’ प्रचार महत्वपूर्ण हुन्छ । नेपालको प्रचार अहिलसम्म पनि पर्यटकको मुख्य बजार सम्म पुग्न सकेको छैन । पर्यटन प्रवद्र्धनकै लागी भनेर स्थापना भएको नेपाल पर्यटन बोर्ड १२ बर्षपछि बल्ल पर्यटकको उद्गमस्थलसम्म पुग्ने प्रयास गर्दैछ ।
पर्यटन वर्Èको कुल बजेटमध्ये १३ करोड रुपैया अन्तराष्टिय प्रबर्धनमा मात्र खर्च गर्ने योजना सरकारको छ । युरोपका लागि बिबिसी र अमेरिकाका लागि सिएनएनबाट प्रचार प्रसार गर्ने तयारी भइरहेको छ । बिबिसीले यसका लागि २ करोड ५० लाख भारु मूल्यको प्याकेज दिएको छ । त्यसमा बिबिसीको वेबसाइट, टेलिभिजन, रेडियोमा तीन महिनासम्म पर्यटन सम्बन्धी प्रचार सामग्री प्रशारण हुन्छन् । भारत र चीनबाट भने ११ एजेन्सीले प्याकेज दिएका छन् । त्यहा पनि होडिर्ङ बोर्ड, एसएमएस, रेडियो, टिभीमा तीन महिनाजति प्रचार प्रसार हुन्छ । अन्तराष्टिय प्रवद्र्धनमा नै जोड दिएको सरकारले आन्तरिक प्रवद्र्धनमा भने कुनै ठोस योजना बनाएको छैन ।
त्रिभुलन विमानस्थलबाट अहिले दैनिक सरदर दुइ हजार पर्यटक भित्रिरहेको अध्यागमन कार्यालयले जानकारी दिएको छ । २७ वटा विदेशी विमान कम्पनिले दैनिक ५० वटा भन्दा बढि उडान गरिरहेका छन् । पर्यटकको पहिलो आखा पर्ने त्रिभुवन विमानस्थलमा पर्यटन बर्षको एउटा होर्डिङ बोर्डसम्म छैन । निजी दुरसञ्चार कम्पनिका ठूला ठूला होर्डिङ बोर्ड टर्मिनल बाहिर देखि गोल्डेन गेटसम्मै सजिएका छन् तर पर्यटन बर्षको एउटा ब्यानरसम्म छैन । एक करोड खर्च गरेर बनाइएको गोल्डेनगेटमा समेत पर्यटन बर्षको कुनै संकेत छैन । विमानस्थल परिसरमा पर्यटन बर्ष स्मारक र पार्क बनाउने योजना सार्वजनिक भएको लामो समय भइसके पनि अहिलेसम्म केहि काम भएको छैन ।
पर्यटन बर्ष सचिवालयको रुपमा काम गरिरहेको नेपाल पर्यटन पर्यटन बोर्डले करोडौं रुपैया खर्च गरेर ब्रोसर तथा पोष्टर पम्प्लेट तयार गरेपनि विमानस्थलमा पर्याप्त उपलब्ध छैनन् । नेपालबारे पर्याप्त जानकारी चाहने पर्यटकले खोज्दै हिड्नुपर्ने अवस्था छ । त्रिभुवन विमानस्थल भित्र दुइ दर्जन बढि सरकारी तथा गैरसरकारी निकाय कार्यरत छन् तर तिनले पर्यटन बर्षको प्रवद्र्धनमा सिन्को सम्म भाचेका छ्रनन् ।
निजी क्षेत्रको प्रस्तावमा घोषणा गरिएको कार्यक्रम भएपनि पर्यटन बर्षको कामबाट व्यवासयी सन्तुष्ट छैनन् । आन्तरिक प्रचारप्रसारमा ध्यान सरकारले ध्यान नपुयाएको गुनासो उनीहरुको रहदै आएको छ । नेपालमा व्यापारको सम्भावना देखेपछि पछिल्ला केहि बर्षमा विदेशी विमान कम्पनि आउने क्रम निकै बढेको छ । अहिले २७ वटा विदेशी एयरलाइन्स कम्पनिले नेपाल उडान गर्छन् । उनीहरुले क्षमता वृद्धिसहित सेवा विस्तार गरिरहेका छन् । न्यारो बडीबाट सेवा सञ्चालन गरिरहेका विमान कम्पनीले वाइड बडी ल्याएका छन् । फ्रिक्वेन्सी पनि बढेको छ । यसका साथै नेपाललाई हव बनाएर विङ विस्तार गर्ने एयरलाइन्स पनि आइरहेका छन् । सरकारले हालै नेपालमा उडान गरिरहेका १५ मुलुकका विमान कम्पनिलाइ नेपालमा उडान थप गर्न आग्रह गरेको छ ।
विदेशी विमान कम्पनिको संख्या बढिरहे पनि तिनले नेपालको पर्यटन प्रवद्र्धनमा खासै योगदान पुयाएका छैनन् । दुइ सय यात्रु चढ्ने जहाजमा पर्यटन बर्षको एउटा पर्चा छैन । लोगो छैन । पर्यटन बर्षको प्रचारका लागी विमान कम्पनिसंग सहकार्य गर्ने सरकारी योजना भएपनि यसका लागी विमान कम्पनि सहयोगी छैनन् ।
पर्यटन बोर्डले उठाउने प्रतिटिकट ५ सय रुपैयाबाहेक विदेशी विमान कम्पनिको पर्यटन क्षेत्रमा कुनै योगदान छैन भन्दा हुन्छ । उनीहरुको मुख्य उद्धेश्य नाफा कमाउने नै हो । पर्यटन बोर्डले पर्यटन बर्षको प्रचारका लागी आग्रह गरेपनि विमान कम्पनिले टेरेका छैनन् । विदेशी विमान कम्पनिले सरकारलाइ नटेरेको भन्दै अधिकारीहरु लाचारी व्यक्त गर्छन् । अहिले नेपाल आउने विदेशी एयरलाइन्सहरु प्राय खाडी मुलुक भएर आउछन् । यूरोपबाट सिधा उडान गर्ने एयरलाइन्स छैनन् । सबै विदेशी एयरलाइन्स कम्पनी कामका लागि बाहिरिने नेपाली युवा लक्षित छन् । जहा टाढा उडान भर्नुभन्दा निकै बढी फाइदा छ । मलेसिया र खाडी मुलुकका लागि हानथाप भइरहे पनि अन्यत्र चासो छैन ।
राष्टिय ध्वजाबाहक कमजोर हुदा पर्यटक आगमनमा प्रभाव परेको मात्र नभई ठूलो रकम बिदेसिइरहेको छ । विद्यार्थी र कामका लागि बिदेसिने युवाहरुले तिर्ने हवाई भाडाको आधारमा बार्षिक करिब ८ अर्ब रुपैया बिदेसिन्छ । विद्यार्थीहरुको मात्रै गन्तव्यसम्म पुग्न लाग्ने एयरलाइन्सको खर्च करिब १ अर्ब ९० करोड रुपैया रहेको अनुमान छ । बेलायत, अमेरिका र अस्ट्रेलिया जान औसत ७० हजार रुपैया टिकट खर्च लाग्छ । बार्षिक ३ लाख कामका लागि युवा बिदेसिन्छन् । औसत २० हजार टिकट खर्चका आधारमा करिब ६ अर्ब यसरी बिदेसिन्छ । नेपाल वायु सेवा निगमको विदेशी उडानमा ६ प्रतिशत मात्रै रहेको आधारमा टिकट खर्चको ठूलो हिस्सा विदेश नै गइरहेको छ ।
पर्यटक बढाउन विदेशमा मात्र प्रचारप्रसार गरेर पुग्दैन । यहा आएका पर्यटकलाइ पनि पर्यटन बर्ष अभियानबारे पर्याप्त जानकारी दिन आवश्यक छ । नेपालबारे पर्याप्त बुझेको र सन्तुष्ट भएर फर्केको एक जना पर्यटकले थप पाचजनालाइ यहा पठाउन सक्छ तर एउटा असन्तुष्ट पर्यटकले १० जनालाइ यहा आउन बाट रोक्छ । यसका लागी विमानस्थल देखि नै पर्यटन बर्षको प्रचारलाइ सशक्त बनाउनु आवश्यक छ । पर्यटकको पहिलो नजर पर्ने विमानस्थलमा निजी कम्पनिका विज्ञापन गर्नुभन्दा सरकारी अभियानको प्रचार गर्नु जरुरी छ । विदेशी विमान कम्पनि नेपाल आउनु सकारात्मक नै हो । तर तिनले नेपालको पर्यटनमा कति योगदान पुयाइरहेका छन् भन्ने कुराको मूल्याकन गर्नु आवश्यक छ । राष्टिय ध्वजाबाहकको विदेशमा सशक्त उपस्थिति हुन नसकेको अवस्थामा पर्यटन प्रवद्र्धनका लागी विदेशी विमान कम्पनिसँग सहकार्य गर्नु जरुरी छ । यसका लागी विमान कम्पनिले सहयोगी भूमिका खेल्नुपर्छ ।
नया पत्रिका, ३० जेठ

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete