Sunday, June 26, 2011

विमानस्थल समस्याले पर्यटन बर्ष प्रभावित हुनसक्ने


नया पत्रिका
काठमाडौं, ११ असार
पछिल्ला केहि दिन विभिन्न कारणले जहाज उडान तथा अवतरण अवरुद्ध हुदै आएको त्रिभुवन अन्तराष्टिय विमानस्थल शनिबार पनि दुइ घण्टा बढी अवरुद्ध रह्यो । विमानस्थलको भिओआर डिएमइ नामक उपकरण्ँमा खराबी आएपछि विमानस्थलमा जहाज उडान तथा अवतरण रोकिएको हो ।
विमानको उचाइ र दुरी देखाउने सो यन्त्रमा खराबी देखिएपछि विहान ९ देखि १२ बजेसम्म कुनै पनि जहाजले उडान तथा अवतरण गर्न सकेनन् । यन्त्रमा आएको खरावीका कारण ८ वटा उडान प्रभावित भएको विमानस्थलले जनाएको छ । तिन वटा अन्तराष्टिय उडान अन्यत्रै डाइभर्ट भएका थिए भने अन्यको उडान डिले गरिएको थियो ।
मुम्बइबाट आएको जेट एयरवेजको जहाज लखनउ विमानस्थल डाइभर्ट भएको थियो भने एयर चाइनाको जहाज ल्हासा डाइभर्ट गरिएको थियो । त्यस्तै स्पाइसजेटको जहाज दिल्ली नै फर्किएको बताइएको छ । आन्तरिक उडान तथा अवतरणमा भने समस्या नआएको विमानस्थलले जनाएको छ ।
लामो दुरीमा रहेका केही जहाजले पूर्व जानकारी पाएपछि काठमाडौंको उडान ढिलो सुरु गरेका थिए । विमानस्थलले विहान नौ देखि दिउसो १ बजेसम्मका लागी जहाजको उडान तथा अवतरण रोकिएको जानकारी दिएको थियो । त्यस अवधिमा पनि भिजिविलिटीका आधारमा नेपाल वायु सेवा निगमको एउटा जहाज अवतरण गरेको थियो भने इन्डियन एअरलाइन्सको एउटा जहाज उडेको थियो । भिओआर डिएमइको अभावमा जहाज उडान तथा अवतरण गर्नु जोखिमपूर्ण मानिन्छ ।
यसअघि गत जेठ पहिलो साता मात्र विमानस्थल प्रशासनले अन्तराष्टिय उडान तथा अवतरण सहज गराउन स्याटेलाइट नेभिगेसनमा आधारित मेसिन (आरएनपी एआर) अवतरण् प्रणाली जडान गर्ने निर्णय गरेको थियो । यो प्रविधिबाट विमान उडिरहेको उचाइ, सीधै अगाडि आउन सक्ने अवरोध, एयरपोर्टको अवस्था र अन्य सूचना प्राप्त हुन्छ । तर अहिलेसम्म यो प्रविधि जडान हुन सकेको छैन ।
हालको यान्त्रिक अवतरण् प्रणाली (भिओर डिएमइ एप्रोच) मा नजिक रहेका विमानस्थलका उपकरण्ँद्धारा प्राविधिकले चालकलाई भौगोलिक र जहाजको अवस्थाबारे जानकारी दिई जहाज उडान गर्न निर्देशन दिने गर्छन् । यसलाई परम्परागत एप्रोच मानिन्छ । अन्तराष्टिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्डअनुसार सबै अन्तराष्टिय विमानस्थलमा स्याटेलाइटमा आधारित उडान र अवतरण् प्रणाली आवश्यक छ ।
यसअघि गत साता मात्र विमानस्थलको रनवे क्षतिग्रस्त हुदा अन्तराष्टिय उडान प्रभावित भएको थियो । मुलुकले पर्यटन बर्ष मनाइरहेको बेला एक मात्र अन्तराष्टिय विमानस्थलमा पटक पटक विमानसेवा प्रभावित हु“दा मुलुकको छवि बिग्रेको पर्यटन व्यवसायीहरु बताउछन् । निजी क्षेत्रले पर्यटन बर्ष घोषणा भएदेखि नै विमानस्थल सुधारमा जोड दिदै आएको छ । सरकारले पर्यटन बर्षमा हवाइ मार्गबाट ७ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।
पर्यटन वर्È मनाइरहेका बेला विदेशी पर्यटक लोभ्याउने प्रयास सबै क्षत्रबाट हुनुपर्नेमा उनीहरुको प्रवेशबिन्दुका रुपमा रहेको विमानस्थलमै बारम्बार समस्या आएपछि अन्तराष्टिय बजारमा नकारात्मक प्रचार भएको र यसबाट विदेशी विमान कम्पनीको नेपाल आकर्Èण्ँ समेत घट्ने टाभल व्यवसायी बताउछन् ।
विमानस्थलमा समस्या आएकोले लागत बढेको भन्दै विदेशी विमान कम्पनिले क्षतिपूर्ति माग्ने तथा नेपाल उडान नै स्थगन गर्न सक्ने सम्भावना रहेको व्यवसायीहरुको दावी छ । विमानस्थलमा आएको समस्याका कारण पछिल्लो एक सातामा मात्र चारवटा कम्पनिका करिव एक दर्जन जहाज डाइभर्ट भएका छन् । उडान डाइभर्ट गरेर यात्रु अन्यत्र लैजानु परेपछि पर्यटकलाइ सास्ती हुने र उनीहरुले वैकल्पिक गन्तव्य रोज्न सक्ने व्यवसायीको आशंका छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गबहादुर विश्वकर्माले शुक्रवारे मात्र विमानस्थल निरिक्षण गरेर त्यहा रहेका कमी कमजोरी सच्याउन कडा निर्देशन दिएका थिए ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete