Monday, June 6, 2011

विमानस्थलमा दुई उपचार केन्द्र


नयाँ पत्रिका
काठमाडौं, २२ जेठ
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिक तथा वाह्य पर्यटकका लागी दुइ छुट्टाछुट्टै प्राथमिक उपचार कक्ष सञ्चालनमा आएका छन् । नर्भिक इन्टरनेशनल हस्पिटलले अन्तराष्ट्रिय टर्मिनल भवनमा र काठमाडौं मेडिकल कलेजले आन्तरिक टर्मिनल भवनमा उपचार कक्षको शुरुवात गरेका हुन् ।

हवाइ यात्रा गर्ने पर्यटकका लागि आवश्यक प्राथमिक तथा आकस्मिक स्वास्थ्य उपचार सेवा प्रदान गर्न उपचार कक्ष सञ्चालनमा ल्याइएको हो । दुवै उपचार कक्षको आइतवार पर्यटन तथा नागरिक उड्यन मन्त्री खड्गबहादुर विश्वकर्माले उद्घाटन गरे । उपचार कक्ष सञ्चालन गर्ने सम्बन्धमा अस्पताल र नागरिक उड्डयन प्राधिकरणविच हालै सम्झौता भएको थियो । सम्झौता अनुसार प्राधिकरणले अस्पताललाइ विमानस्थल भित्र स्थान उपलब्ध गराएको छ भने अस्पतालले यसवापत यात्रुलाइ निःशुल्क आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउनेछ ।

उपचार कक्ष उद्घाटन गर्दै मन्त्री विश्वकर्माले अस्पतालको तत्परताबाट हवाइ यात्रुलाइ ठूलो राहत पुग्ने भन्दै सेवाको गुणस्तरमा कमी आउन नदिन आग्रह गरे । विमानस्थलमा अन्तरराष्ट्रिय स्तरका पर्यटकीय सेवा सुविधा थप्न सरकार प्रयासरत भएको उनले बताए ।
उपचार कक्षमार्फत् पर्यटकका लागि आवश्यक प्राथमिक तथा आकस्मिक स्वास्थ्य उपचार सेवा प्रदान गरिने अस्तिाल प्रशासनले जनाएको छ । प्राथमिक तथा आकस्मिक स्वास्थ्य सेवाका अतिरिक्त निःशुल्क एम्बुलेन्स सेवा समेत उपलब्ध हुनेछ । क्लिनिकमा एक चिकित्सक र एक नर्सिङ्ग स्टाफ रहनेछन् भने बुथ बिहान ७ बजेदेखि रात्रि ११ बजेसम्म चालु रहनेछ ।
नर्भिकका अध्यक्ष बसन्तकुमार चौधरीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपचार कक्ष खोलिएको बताउदै पर्यटन बर्षको पर्यटनका लागि सँगसँगै नारामा अस्पचताल पनि सहभागि भएको बताए ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete