Wednesday, June 1, 2011

पतिपथमा श्रीमति हिलारी

मंगलवार ककनीस्थित पर्वतारोहि स्मृति उद्यानमा नेपाल पर्वतारोहण संघले निर्माण गरेको पतिको स्मृति स्तम्भ अवलोकन गर्दा सर्वोच्च शिखर सगरमाथाका पहिलो आरोहि मध्येका एक एडमण्ड हिलारीकी पत्नि जुन मलग्रयु केहि भावुक भइन् पतिको स्मृति स्तम्भमा पुष्पगुच्छा चढाएपछि उनले नेपालसंग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताइन् नेपालका मानिस उनीहरुको व्यवहार मन पराउछु बारम्बार नेपाल आउने मलग्रयुले सञ्चारकर्मीहरु संग भनिन्
नेपाल पर्यटन बर्षको अवसरमा आफ्ना मुलुकका नागरिकलाइ नेपालको भ्रमण गर्न आग्रह गर्ने उनले बताइन् उनी बुधवार न्यूजिल्याण्ड फर्किदैछिन् चौथो अन्तराष्टिय सगरमाथा दिवस मनाउन आफ्ना पतिले खुम्जुङ गाउ विकास समितिमा स्थापना गरेको खुम्जुङ माध्यमिक विद्यालयको स्वर्ण जयन्ती कार्यक्रममा भाग लिन उनी २० मे मा नेपाल आएकी हुन्
२९ मे १९५३ मा नेपालका तेन्जिङ नोर्गेसग सगरमाथाको सफल आरोहण गरेपछि हिलारीले जीवनपर्यन्त नेपालसग गहिरो मित्रता गासिराखे हिमालयका विकट गाउमा बसोवास गर्ने नेपालीको उत्थान नै आङ्खना लागि सम्मान हुने ठानेका हिलारीले त्यसका लागि सन् १९६० मा हिमालयन ट्रष्टको स्थापना गरेका थिए, जसअन्तर्गत सोलुखुम्बुमा अहिले ६३ स्कुल, दुई अस्पताल कैयौं स्वास्थ्य केन्द्र सञ्चालित छन्
टस्टले स्थापना कालदेखि देखि नै सोलु क्षेत्रमा शिक्षा तथा स्वास्थ्यका लागी सहयोग गर्दै आएको टस्टले सबै विद्यार्थीलाइ आवश्यक शैक्षिक सामगी्र तथा छात्रवृत्ति पुरस्कारको व्यवस्था गर्दै आएको हिमालयन टस्टका नेपाल निर्देशक आङरिता शेर्पा बताउछन् कैयौं विद्यार्थीलाई हिलारीले उच्च शिक्षाका लागी विदेशमा छात्रवृतिको व्यवस्था गरेका थिए
टस्टले फाप्लु खुन्देमा दुइवटा अस्पताल सञ्चालन गर्दै आएको सन् १९७५ मा खुन्देमा हिलारीकी पहिलि श्रीमति छोरीको हवाइ दुर्घटनामा परि मृत्यु भएको थियो १५ वेड क्षमताको फाप्लु अहिले सोलुखुम्बु जिल्ला अस्पतालको रुपमा सञ्चालित भने ४५ वेड क्षमताको खुन्दे अस्पताल टस्ट आफै्रले सञ्चालन गरिरहेको
टस्टको मुख्यालय न्यूजिल्याण्डमा सोलुखुम्बु क्षेत्रमा सञ्चालित स्कुल तथा अस्पतालमा टस्टले बार्षिक करिव करोड रुपैयाको सहयोग गरिरहेको निर्देशक शेर्पाले बताए ।। आलमुनियमबाट बनेको खुम्ुजुङ स्कुलका लागी हेलिकोप्टरबाट सामग्री ओसारिएको थियो यसै शैक्षिक बर्षदेखि सबै विद्यालयमा अंग्रेजी विषयमा समेत पढाइन थालिने शेर्पाले जानकारी दिए एक कक्षाबाट शुरु भएको खुम्जुङ स्कुलमा अहिले दश जोड दुइ सम्मको पढाइ हुन्छ
त्यसो हिलारीले लुक्ला विमानस्थल बनाउन पनि ठूलो पहल गरेको बताइन्छ काभ्रेदेखि सामान बोकेर लैजानुपर्ने कठिनाई पन्छाउन हिलारी अघि नसरेका भए त्यहा विमानस्थल बन्दैनथ्यो भन्छन् नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा सयौं विदेशीले सगरमाथा चढिसके तर तर हिलारीले जति सहयोग कसैले गरेका छैनन् शेर्पाले भने सगरमाथा राष्टिय निकुञ्जको स्थापना पनि हिमाल को वातावरण जोगाउन चिन्तित उनकै प्रयासमा भएको थियो
हिलारी जहा पुगेपनि नेपालको सौन्दर्य नेपालीको सहयोग भावको तारिफ गर्न चुक्दैनथे भन्छन् उनलाइ नजिकबाट चिन्नेहरु नेपालको राजनीतिक अवस्थाका कारण सन् २००६ मा पश्चिमी मुलुकहरुले नेपाल भ्रमणमा रोक लगाएको बेला नेपाल आएर हिलारीले यही आएको छु सबै ठीकै देख्छु भनेपछि पर्यटनमा राम्रो प्रभाव परेको पुराना पर्यटन व्यवसायीहरु दावी गर्छन् उनले त्यसो भनेको भोलिपल्टै बेलायत सरकारले सो रोक हटाएको थियो
नेपाल पर्वतारोहण संघका जिम्बा जाङबु शेर्पा हिलारी नभएका भए शेर्पा जाति आजको अवस्थामा आइपुग्न नसक्ने बताउछन् किशोरावस्थादेखि नै पर्वतारोहणमा रुचि भएका माहुरीपालक हिलारी सगरमाथा आरोहण्पछि विभिन्न साहसिक अभियानमा संलग्न रहे, जसबारे उनको लेखन सहलेखनमा १३ वटा किताब प्रकाशित भएका छन्
तेन्जिङ नोर्गेको निधन भएको चौध बर्षपछि सन् १९९९ मा प्रकाशित भ्यू फ्रम समिट पुस्तकमा उनले आफूले पहिले सगरमाथा शिखरमा टेकेको लेखेका थिए सन् १९८५ देखि चार बर्ष नेपाल, भारत बङगलादेशका लागि उच्चायुक्त राजदूतका रुपमा समेत क्रियाशिल हिलारीलाई सन् २००३ को सगरमाथा आरोहण स्वर्ण जयन्तीमा मानार्थ नेपाली नागरिकता प्रदान गरिएको थियो हिलारीको ८८ बर्षको २७ पुस २०६४ मा न्यूजिल्याण्डमा निधन भयो

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete